वनप्लस एसको फोटो तथा विवरण लीक

  • Technology Khabar | २८ चैत्र २०७८, सोमबार

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्राण्ड वनप्लस १० एसको विवरण र फोटो सार्वजनिक भएको छ।

अघिल्लो महिना सोही ब्राण्डको १०आरको पूरा विवरण लीक भएको थियो जसबाट यो डिभाइस पूर्णरुपमा नयाँ फोन नहुने र कुनै अर्को सहायक ब्राण्को कुनै मोडलको रिब्रान्डेड भर्सन हुनसक्ने आकलन गरिएको थियो।

हालको वनप्लस एससम्बन्धी जानकारी भने चर्चित टिपस्टर डिजिटल च्याट स्टेशनले बाहिर ल्याएका हुन् जस अनुसार यो डिभाइसमा डाइमेन्सिटी ८१०० चिपसेट रहनेछ।

ओपोले पनि एस नाम भएका दुई ओटा स्मार्टफोन- रेनो एस तथा एस२ बजारमा ल्याइसकेकाले यो नाम परिचित नै लाग्न सक्छ। त्यसपछि ओपोमा कुनै एस सिरिजका फोन नआएको र हाल त्यही नाम वनप्लसले प्रयोग गर्न लागेको आकलन गरिएको छ।

उक्त टिपस्टरका अनुसार वनप्लस एसमा पछाडिपट्टि टेक्सचर दिइएको छ। शेयर गरिएको दुई ओटा फोटोबाट वनप्लस एसमा सेन्ट। पन्चहोल डिस्प्ले, ५० मेगापिक्सेलको मुख्य क्यामरा, १५०वाट चार्जिङ तथा ६.७ इन्चको एमोलेड स्क्रीन रहने बुझिएको छ।

प्रकाशित: २८ चैत्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया