
काठमाडौं ।
क्रिप्टो जायन्ट क्वाइनबेसले भारतमा आफ्नो एपमा यूपीआई भुक्तानी उपकरण सपोर्ट रद्द गरेको छ।
विश्वकै दोस्रो ठूलो इन्टरनेट बजारमा आफ्नो व्यापार सेवा शुरु गरेको ४ दिनपछि नै क्वाइनबेसले सबै पर्चेज अर्डर रद्द गर्दै आफ्नो एक्सचेन्ज सेवालाई निष्क्रिय बनाएको टेकक्रन्चले जनाएको छ।
भारतका यूजरले क्वाइनबेस एपमा सूचीकृत कुनै पनि टोकन खरिद गर्न खोजेमा उनीहरुलाई यूपीआई विधि तत्कालका लागि उपलब्ध नभएको सूचना दिइने गरेको टेकक्रन्चले जनाएको छ।
उक्त एपले यूजरहरुलाई अन्य भुक्तानी प्रणाली अपनाउन सुझाउने गरेको भए पनि हा भारतमा उक्त एपले कुनै पनि प्रकारको भुक्तानी प्रणाली सपोर्ट नगरेको यूजर, परीक्षण तथा कम्पनीको सपोर्ट पेजमार्फत् थाहा भएको छ।
यूपीआईको निगरानी गर्ने भारतको नियामक संस्था नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डियाले भारतमा क्वाइबेस सार्वजनिक भएको केही घण्टापछि आफूलाई यूपीआईमार्फत् कुनै क्रिप्टो एक्स्चेन्ज भएको थाहा नपाएको बताएको बुझिएको छ।
क्वाइनबेसले भारतमा यूपीआई पेमेन्ट्समा थुप्रै हप्तादेखि परीक्षण गर्दै आएको थियो।
प्रकाशित: २८ चैत्र २०७८, सोमबार