क्यानाडामा शुल्क बढाउँदै अमेजन प्राइम

  • Technology Khabar | २८ चैत्र २०७८, सोमबार
क्यानाडामा शुल्क बढाउँदै अमेजन प्राइम

काठमाडौं ।

अमेजन प्राइमका सेवाहरु क्यानाडामा महंगो हुने भएका छन्।

केही समययता अमेरिकामा यी सेवाहरुको मूल्य बढिरहेकोमा अब भने अमेरिकाको उत्तरतर्फको छिमेकी राष्ट्रका प्रयोगकर्ताले पनि महंगो शुल्क तिर्नुपर्ने भएको हो।

क्यानाडाका प्रयोगकर्ताले सन् २०१३ देखि हालसम्म यी सेवाहरुका लागि प्रतिमहिना ८ वा प्रति वर्ष ७९ क्यानेडियन डलर तिर्दै आएका छन्।

मोबाइलसिरपका अनुसार हालै अमेजन क्यानडाले मासिक १० तथा वार्षिक शुल्क ९९ डलर पुर्याउने भएको हो।

अमेरिकामा यी सेवाको शुल्क मासिक १५ तथा वार्षिक १३९ अमेरिकी डलर तोकिएको छ।

क्यानाडामा भने हालका प्राइम यूजरको बढेको शुल्क आगामी मे १३ बाट लागू हुने इन्ग्याजेटले जनाएको छ। नयाँ बन्ने ग्राहकले भने अहिलेदेखि नै बढेको शुल्क बुझाउनु पर्ने बताइएको छ।

प्रकाशित: २८ चैत्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...