
काठमाडौं ।
ट्विटरको बोर्ड सदस्यका रुपमा रहेका इलन मस्कले ट्विटर ब्लूमा केही महत्वपूर्ण परिवर्तन गरेका छन्।
कम्पनीको ९.२ प्रतिशत शेयर किनेर सबैभन्दा ठूलो शेयरहोल्डरका रुपमा रहेका मस्कले शनिबार ट्विटर ब्लू सब्सक्रिप्शन सेवामा महत्वपूर्ण परिवर्तन गरेका हुन्।
यी परिवर्तनहरुमा उक्त सेवाको शुल्क घटाउने, विज्ञापनमाथि प्रतिबन्ध लगाउने र यसको भुक्तानी डजिक्वाइनमार्फत् गर्न सकिने लगायतका छन्।
केही दिन अघि ९.२ प्रतिशत शेयर लिएपछि मस्कलाई बोर्ड अफ डाइरेक्टर्सको पद दिइएको थियो। यो निर्णयपछि ट्विरका केही कर्मचारीहरु कम्पनीको भविष्यलाई लिएर चिन्तित बनेको रोयटर्सको भनाइ छ।
गत वर्ष जुनमा सार्वजनिक भएको ट्विटरको पहिलो सब्स्क्रिप्शन सेवा ट्विटर ब्लू अन्तर्गत मासिक सब्सक्रिप्शनका आधारमा प्रिमियम फिचरहरु पहुँच गर्न सकिने कम्पनीले जनाएको छ।
यो सेवा अमेरिका, क्यानडा, अस्ट्रेलिया र न्यूजिल्याण्डमा उपलब्ध रहेको बुझिएको छ।
प्रकाशित: २७ चैत्र २०७८, आईतवार