
काठमाडौं ।
भारतीय टाटा समूहको टेक कम्पनी टाटा डिजिटलले भारतको पहिलो सुपर एप टाटा नेउ सार्वजनिक गरेको छ।
टाटाको यो एपमा इलेक्ट्रोनिक्स, फेसन, ट्राभल, सौन्दर्य, स्वास्थ्य, मनोरञ्जन, किराना सामान, खाना वितरण जस्ता कयौं धेरै सेवाहरू एउटै एपमा उपलब्ध छन्। टाटाको सुपर एप गुगल प्ले स्टोर र एप्पल एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ।
कम्पनीले अगस्ट २०२२ मा टाटा नेउ (Tata Neu) लन्च गर्ने बारे आधिकारिक घोषणा गरेको थियो। त्यतिबेला यो एप टाटा समूहका कर्मचारीहरूका लागि उपलब्ध थियो।
यो एपमार्फत देशकै पुरानो कम्पनी टाटाले डिजिटल भुक्तानी, अनलाइन खाना वितरण, लगानी र अनलाइन सेवा प्रदायक क्षेत्रमा प्रवेश गरेको छ।
टाटा नेउको सुरुवातसँगै टाटा डिजिटलले एकीकृत भुक्तानी इन्टरफेस (यूपीआई) को आन्तरिक परीक्षण पनि सुरु गरेको छ। यसका लागि कम्पनीले आईसीआईसीआई बैंकसँग मिलेर काम गरिरहेको छ।
टाटा नेउ एपमा किराना, स्वास्थ्य, सौन्दर्य, फार्मेसी, मोबाइल, ग्याजेट, होटल, हवाई बुकिङमा धेरै अफर र छुटहरू उपलब्ध छन्।
प्रकाशित: २७ चैत्र २०७८, आईतवार