शिक्षक नहुँदा विद्यालयका कम्प्युटर प्रयोगविहीन

  • Technology Khabar | २६ चैत्र २०७८, शनिबार
शिक्षक नहुँदा विद्यालयका कम्प्युटर प्रयोगविहीन
सांकेतिक तस्बिर

काठमाडौं ।

सप्तरीको महादेवा गाउँपालिका–१, पकरीस्थित नरबहादुर थापा जनता माध्यमिक विद्यालयका कम्प्युटर प्रयोगविहीन अवस्थामा छन्।

विद्यालयमा विभिन्न सङघ संस्थाले अनुदान सहयोगमा प्रदान गरेका २८ ओटा कम्प्युटर, दुई थान फोटोकोपी मेसिन, एक थान प्रोजेक्टर र ल्यापटपलगायतका कम्प्युटरसम्बन्धी दक्ष शिक्षकको व्यवस्था गर्न नसकेका कारण प्रयोगविहीन अवस्थामा छन्।

ती सामग्री एउटा कोठामा थन्काएर राखेको सोही विद्यालयका कक्षा ९ का विद्यार्थी दीपककुमार यादवले बताए।

सो विद्यालयमा कम्प्युटरसँगै कम्प्युटर टेबुल, टुललगायतका साधन प्रयोगविहीन राखेका कारण कम्प्युटरसम्बन्धी ज्ञानबाट सो विद्यालयका विद्यार्थी वञ्चित हुनुपरेको अभिभावक मोहन यादवले गुनासो गरेका छन्।

विद्यालयको सरसफाइ, विद्यार्थीहरूलाई पाठ्यपुस्तक समयमा पुर्याउन नसकेको, शौचालय दुर्गन्धित रहेको, शिक्षकहरू समयमा विद्यालय नआउने गरेका कारण विद्यालयको शैक्षिक गुणस्तर खस्कँदो अवस्थामा रहेको स्थानीय अभिभावकको आरोप छ। गोरखापत्रबाट

प्रकाशित: २६ चैत्र २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार