डाइमेन्सिटी १३०० फाइभजी सार्वजनिक, यस्तो छ विशेषता

  • Technology Khabar | २६ चैत्र २०७८, शनिबार
डाइमेन्सिटी १३०० फाइभजी सार्वजनिक, यस्तो छ विशेषता

काठमाडौं ।

चिनियाँ सेमिकन्डक्टर चिप निर्माता कम्पनी मिडियाटेकले डाइमेन्सिटी १३०० चिपसेट आधिकारिक सार्वजनिक गरेको छ।

यो चिपसेट आउँदै गरेको वनप्लस नर्ड २टी/३ मा राखिने आकलन गरिएको छ।

टीएसएमसीको ६ एनएम प्रोसेसमा बनेको यो चिपसेट ४ ओटा कर्टेक्स-ए७८ कोर तथा ४ ओटै कर्टेक्स-ए५५ इफिसियन्सी कोर सहित अक्टाकोर रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

यो चिपसेटमा ९ कोरको आर्म माली-जी७७ एमसी९ ग्राफिक्स प्रोसेसर रहेको छ।

डाइमेन्सिटी १३०० ले फुल एचडी+ रेजोल्युशनयुक्त १६८ हर्ज सम्मको डिस्प्ले सपोर्ट गर्ने बताइएको छ। यो चिपलाई ४२६६ एमबीपीएसको १६ जीबी एलपीडीडीआर४एक्स र्यामसँग पेयर गर्न सकिन्छ।

यसको इमेज सिग्नल प्रोसेसरले २०० मेगापिक्सेलसम्मको क्यामरा सपोर्ट गर्नुका साथै मल्टि-पर्सन पोर्ट्रेट मोडको भिडियो तथा ४के एचडीआर भिडियोसम्म सपोर्ट गर्न सक्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।

मिडियाटेक आफैंले भने यो चिपसेट राखेर कुन डिभाइस आउँछ भन्नेबारे केही जानकारी बाहिर ल्याएको छैन। तर वनप्लस नर्ड ३ तीमध्येमा पर्ने अपेक्षा गरिएको छ।

यो चिपसेटको पर्फर्मेन्स क्वालकमको सबैभन्दा शक्तिशाली ७ सिरिजको स्न्यापड्रागन ७७८जी बराबरकै गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २६ चैत्र २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...