स्पोटीफाईको कार थिङले अब फोन उठाउन र अन्य एप नियन्त्रण गर्न सक्ने

  • Technology Khabar | २६ चैत्र २०७८, शनिबार
स्पोटीफाईको कार थिङले अब फोन उठाउन र अन्य एप नियन्त्रण गर्न सक्ने

काठमाडौं ।

स्पोटीफाईको कार थिङले अब फोन कल उठाउन तथा अन्य एप नियन्त्रण गर्न सक्ने भएको छ।

स्पोटीफाईले २ महिनाअघि अमेरिकाका सबै यूजरलाई ९० डलरमा कार थिङ बिक्री गर्न शुरु गरेको थियो। यो हप्ता यस डिभाइसका लागि अन्य थुप्रै फिचरहरु सार्वजनिक भएको हो।

हाल गरिएको अपडेटमध्ये सबैभन्दा बढी प्रतीक्षा वा अपेक्षा गरिएको ‘एड टू क्यू’ फिचर रहेको कम्पनीले बताएको छ।

अस्थायी प्लेलिस्टमा अझ थप गीत तथा पडकास्ट राख्ने केही नयाँ उपायहरु रहेका छन्। यसका लागि एड टू क्यू आइकनमा ट्याप गरेर थप गर्न सकिन्छ।

यसमा भ्वाइस सपोर्ट पनि रहेको छ। यसलाई भ्वाइसमा आदेश दिन सकिन्छ जस्तै, हे स्पोटीफाई भनेर आफूलाई मन लागेको गीत क्यू गर्न आदेश दिन सकिन्छ।

क्यूलाई भ्वाइस कमान्डमार्फत् वा नाउ प्लेइङ भ्यूमा रहेको डायललाई तर सारेर पनि सेट गर्न सकिन्छ।

प्रकाशित: २६ चैत्र २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...