काठमाडौं ।
कोभिड कहरका कारण भएको पहिलो लकडाउनको विषम परिस्थितिमा उपभोक्तालाई भिडभाडमा जानुपर्ने अवस्थाको अन्त्य गर्दै तरकारी, फलफूल, खाद्यान्न लगायत अत्यावश्यक बस्तुको निस्शुल्क होम डेलिभरी गर्दै सुरु भएको ग्यापु मार्केटप्लेस दुई बर्ष पूरा गरी तेस्रो बर्षमा प्रवेश गरेको छ।
‘कोभिडको त्रसित माहौलमा यात्रा सुरु गर्नु पक्कै पनि सहज थिएन,’ ग्यापुका संस्थापक तथा सिइओ ज्ञानेन्द्र खड्का भन्छन् ‘सजिलो नभए पनि उपभोक्तालाई सुबिधा दिने हाम्रो प्रणमा हामी रोकिएनौं र निरन्तर अगाडी बढ्यौं।’
खड्का भन्छन् ‘आम उपभोक्ताको साथ र हौसलाले अगाडि बढेको ई-कमर्समा अभ्यस्त नभैसकेको नेपाली बजारमा हामीले उपभोक्ताको अथाह माया पायौं जसका कारण हामीलाई निकै हौसला मिलेको छ।’
प्ले स्टोरमा ग्यापु मार्केटप्लेसको मोबाइल एप्लिकेसन एप स्टोरमा एक लाख बढी डाउनलोड पुगिसकेको छ भने आईओएसमा पनि उपलब्ध छ। दैनिक ७ सय भन्दा बढी नेपालभर नि:शुल्क डेलिभरी गर्दै आएको खड्का बताउँछन्।
ग्यापुको सफलताको श्रेय आफ्ना ग्राहक, भेन्डर र दिन रात नभनि कोभिड कहरको समयमा पनि निरन्तर खट्ने कर्मचारी र होस्टेमा हैंसे गर्ने सञ्चारकर्मीलाई जाने खड्का बताउँछन्।
वार्षिकोत्सबको अवसरमा अफरै अफर
वार्षिकोत्सबको अवसरमा ग्यापुले ‘ग्यापुभर्सरी अनलाइन मेला’ आयोजना गर्ने भएको छ। चैत २५ देखि बैशाख २ गतेसम्म चल्ने आठ दिने महामेलामा ग्राहकले पाँच हजार वटा भन्दा बढि किसिमका दैनिक उपयोगी सामाग्री खरिद गर्न सक्ने कम्पनीले बताएको छ।
मेलामा सामाग्री खरिद गर्ने ग्राहकले अधिकतम ८० प्रतिशत सम्म छुट पाउन सक्ने बताइएको छ। कम्पनीका अनुसार मेलामा ११ वटा भन्दा बढि प्रकार, २० ओटा भन्दा बढि ब्राण्डहरुका सामाग्री राखिएको छ। कम्पनीले ग्यापु ग्रेटेस्ट गीभ अवेरफ्री ग्रेटेस्ट गिभअवे अन्तर्गत १५ वटा ब्राण्ड राखेको छ।
लाइभ सेल रहने मेलामा बिभिन्न बैंक र इ-वालेट मार्फत विशेष छुट पाउन सकिने कम्पनीले जनाएको छ। ग्राहकले एनसिसि बैंक मार्फत डिजिटल भुक्तानी गर्दा, माच्छापुछ्रे बैंक बाट डिजिटल भुक्तानी गर्दा, र हिमालयन बैंकका कार्ड प्रयोग गरि भुक्तानी गर्दा ग्राहकले २० प्रतिशत छुट पाउने खड्काले बताए।
कम्पनीले इ-वालेट छुट अन्तर्गत इ-सेवा, खल्ति र फोनपेसँग सहकार्य गरेको छ। मेलामा यी तिनओटा इ-वालेट मार्फत कारोबार गर्दा ग्राहकले शतप्रतिशत क्यास ब्याकसम्म पाउन सक्नेछन्। साथै एनआइसी बैंकका कार्ड प्रयोगकर्ता ग्राहकले विशेष छुट पाउने बताइएको छ।
इसेवामार्फत कारोबार गर्ने ग्राहकले सय प्रतिशत सम्मको क्यास ब्याक लिन सक्ने कम्पनीले बताएको छ। यसैगरी खल्ती एपमार्फत कारोबार गर्ने ग्राहकले २० प्रतिशत छुट पाउन सक्नेछन्। फोन पेमार्फत कारोबार गर्ने ग्राहकले ३० प्रतिशत छुट पाउन सक्नेछन्।
ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाईटमार्फत अर्डर गर्न सकिन्छ। ग्यापुमा विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड प्रयोग गरेर भुक्तानी गर्ने सुविधा समेत उपलब्ध छ। साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्ने कम्पनीले बताएको छ।
प्रकाशित: २५ चैत्र २०७८, शुक्रबार