
काठमाडौं ।
एशियन पेन्ट्सले आफ्नो वार्षिक आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिता प्रतियोगिता क्यालिडोस्कोपको अन्तिम चरण र विजेता घोषणा कार्यक्रम यही चैत २३ गते सम्पन्न गरेको छ।
एसियन पेन्ट्स नेपालले आयोजना गर्दै आएको वार्षिक कार्यक्रम क्यालिडोस्कोपको २०२१–२२ संस्करणले नेपालका आशा लाग्दा आर्किटेक्टहरूको प्रतिभालाई प्रबर्द्धन र प्रदर्शन गर्ने कम्पनीको निरन्तर प्रयासलाई अझ सशक्त बनाएको बताएको छ।
कम्पनीकाअनुसार यो राष्ट्रिय प्रतियोगिताको, सातौं संस्करण हो जसमा विभिन्न आर्किटेक्चरल कलेजहरू– एक्मे इन्जिनियरिङ कलेज, आईओई पुल्चोक क्याम्पस, काठमाडौं इन्जिनियरिङ कलेज, नेपाल इन्जिनियरिङ कलेज, हिमालय कलेज अफ इन्जिनियरिङ, ख्वपः इन्जिनियरिङ कलेज, आईओई थापाथली क्याम्पस र आईओई पूर्वाञ्चल क्याम्पसबाट २०७३ ब्याचका ३१ जना विद्यार्थीले सहभागिता जनाएका थिए ।
२०२१–२२ को आयोजना गोरखा, पालुङटार नगरपालिकामा रहेको प्रख्यात लिललिग कोट संग्राहालयको डिजाइन गर्ने रहेको थियो र ३० भन्दा बढी सहभागीहरूबाट शीर्ष ५ विजेताको घोषणा चैत्र २३ गते ह्यात रिजेन्सीमा गरिएको थियो।
प्रतियोगिताको विजेता आईओई पुल्चोक क्याम्पसकी रोजिता अवाले भईन् र उनले एसियन पेन्ट्सबाट ७० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन्।
फर्स्ट रनर अप एक्मे इन्जिनियरिङ कलेजका प्रशान्त देशारले एसियन पेन्ट्सबाट नगद ४० हजार रुपैयाँ प्राप्त गरे भने सेकेन्ड रनर अप काठमाडौं इन्जिनियरिङ कलेजका अनिल कुँवरले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको कम्पनीले जनाएको छ।
दुई सान्त्वना पुरस्कार विजेताहरू आईओई पुल्चोक क्याम्पसका अभिषेक महर्जन र काठमाडौं इन्जिनियरिङ कलेजकी प्रिया श्रेष्ठले एसियन पेन्ट्सबाट जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको बताईएको छ।
विजेताहरूलाई निर्णयाकहरूको प्यानलद्वारा छनोट गरिएको थियो , जसमा आर्किटेक्ट क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू आर्किटेक्ट ईला श्रेष्ठ, आर्किटेक्ट संजय प्रधान, आर्किटेक्ट सरोज प्रधान, आर्किटेक्ट नरेश मान सिंह अमात्य र आर्किटेक्ट मैया मानन्धरको साथमा पर्यवेक्षकका रूपमाआर्किटेक्ट लोकेन्द्र आचार्य र सल्लाहकार आर्किटेक्ट विनोद न्यौपाने लगायतका थिए।
प्रकाशित: २५ चैत्र २०७८, शुक्रबार