मोबाइल व्यवसायीको प्रमुख समस्या अवैध आयात र कारोबार भएको सञ्चार मन्त्रीको भनाई

  • Technology Khabar | २५ चैत्र २०७८, शुक्रबार

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मोबाइल ब्यवसायीको प्रमुख र जटिल समस्या भनेकै अवैध आयात र त्यसको कारोबार भएको बताएका छन्। उनले सरकार सो बारेमा स्पष्ट भएको भन्दै त्यसलाई रोकथाम गरिने बताए।

मन्त्री कार्कीले आज शुक्रबार आयोजित नेपाल मोबाइल व्यवसायी महासंघको प्रथम साधारण सभाको उद्घाटन गर्दै सरकारले व्यवसायीहरुको लागि के गर्न सक्दछ भन्ने बारेमा छलफल गर्ने बताए।

संचार मन्त्रीले मोबाइलको अवैध आयात र कारोबार रोक्नका लागि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू हुने बताए।

“नेपाल दूरसञ्चार प्राधिकरणले संचालन गर्ने मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम तदारुकताका साथ लागू हुन्छ,” उनले भने।

संचार मन्त्रीले आगामी दिनमा मोबाइल व्यवसायीहरुका लागि साथ र सहयोग गर्न सरकार तयार भएको भन्दै उनले आगामी दिनमा मन्त्रालयमा बोलाएरै छलफल गर्ने बताए।

उनले  देश समृद्ध हुने धेरै आधार भएको भन्दै मुलुकलाई अबको पुस्तालाई धनी पुस्ताको रुपमा चिनाउने चुनौती भएको बताए।

‘सामाजिक परिचानसहितको व्यवसायी सुरक्षा’ भन्ने मूल नाराका साथ यही असार २०७८ मा स्थापना भएको महासंघ मोबाइल व्यवसायीहरुको सङ्गठित सङ्गठन हो।

महासंघका अध्यक्ष भरत भट्टराईले सरकारको नीतिनियमभित्र रही सञ्चालन भइरहेको मोबाइल व्यवसायलाई धराशयी बनाउन कर छली गरी ल्याइएका र ल्याइने अवैध सामग्रीमा पूर्णरुपमा रोक लगाउन सम्बन्धित निकायसँगको सहकार्यमा पहल गर्ने बताए।

सो कार्यक्रममा महासंघले क्याप्टेन विजय लामा, समाजसेवी अनुराधा कोरइला र डा सन्दुक रुइतलाई सम्मान गरेको थियो।

प्रकाशित: २५ चैत्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार