एटलान्टामा आगामी वर्ष टेक्नोलोजी सेन्टर बनाउँदै नाइकी

  • Technology Khabar | २५ चैत्र २०७८, शुक्रबार
एटलान्टामा आगामी वर्ष टेक्नोलोजी सेन्टर बनाउँदै नाइकी

काठमाडौं ।

नाइकीले अमेरिकाको एटलान्टामा आगामी वर्ष टेक्नोलोजी सेन्टर स्थापन गर्ने भएको छ।

यो सेन्टर जर्जियाको एटलान्टा शहरको वेस्ट मिडटाउन हुने पनि कम्पनीले जनाएको छ।

इन्ग्याजेटका अनुसार यो सेन्टर तयार हुनुअघि त्यहाँका कर्मचारीले घरबाटै काम गर्नेछन्।

एटलान्टा टेक्नोलोजी सेन्टरले नाइकीको डिजिटल फर्स्ट आपूर्ति श्रृङ्खला तथा लजिस्टिक्स अपरेशन विस्तारको क्षेत्रमा काम गर्नेछ।

एटलान्टामै कम्पनीको इस्ट कोस्ट साइबरसेक्युरिटी कमान्ड सेन्टर पनि रहेको छ। यसबाहेक यो सेन्टरले एआई तथा मेशिन लर्निङ प्रयोग गरेर उपभोक्ताको अनुभवलाई पुनर्कल्पना गर्ने लक्ष्य लिएको छ।

हाल उक्त सेन्टरका बारेमा विस्तृत विवरण थाहा भइसकेको छैन भने यो कम्पनी खोल्ने बेलासम्म थप विवरणको अपेक्षा गर्न सकिने इन्ग्याजेटले उल्लेख गरेको छ।

प्रकाशित: २५ चैत्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार