सामसङद्वारा पहिलो त्रैमासमा २०१८ यताकै सर्वाधिक आम्दानी

  • Technology Khabar | २५ चैत्र २०७८, शुक्रबार
सामसङद्वारा पहिलो त्रैमासमा २०१८ यताकै सर्वाधिक आम्दानी

काठमाडौं ।

सामसङ इलेक्ट्रोनिक्सले बिहीबार आफ्नो पहिलो त्रैमासको आम्दानी विवरण सार्वजनिक गरेको छ।

उक्त विवरण अनुसार कम्पनीको त्रैमासिक सञ्चालन मुनाफा ५० प्रतिशतले वृद्धि भएको छ।

यो आँकडा कम्पनीको सन् २०१८ यताको सबैभन्दा उच्च आम्दानी रहेको रोयटर्सले उल्लेख गरेको छ।

विश्वकै सबैभन्दा ठूलो मेमोरी चिप तथा स्मार्टफोन निर्माताका रुपमा रहेको सामसङको यो आम्दानीमा त्रैमासभरीको स्मार्टफोन बिक्री तथा प्रतिस्पर्धी कम्पनीको एनएएनडी फ्ल्याश चिप प्लान्टको उत्पादनमा आएको गडबडी मुख्य कारक रहेको बुझिएको छ।

कम्पनीको पहिलो त्रैमासको नाफा रिफिनिटिभ स्मार्टइस्टिमेटको १३.३ ट्रिलियन वोनको प्रक्षेपणभन्दा बढी १४.१ ट्रिलियन वोन रहेको कम्पनीको तथ्याङ्कमा उल्लेख थियो।

यस्तै उक्त आम्दानी एक वर्ष अघिको सोही अवधिको तुलनामा १८ प्रतिशतले वृद्धि भएर ७७ ट्रिलियन वोन पुगेको थियो जुन बजारबाट गरिएको अपेक्षाभन्दा बढी हो।

‘आम्दानीले बजारको अपेक्षा नाघेको छ, यसो हुनुमा सम्भवत: मेमोरी चिपको शिपमेन्ट तथा उत्पादनका मूल्य सोचेभन्दा अझ राम्रो हुनुले भूमिका खेलेको हुन सक्छ’, केप इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिजका विश्लेषक पार्क सुङ-सूनले भने।

प्रकाशित: २५ चैत्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार