
काठमाडौं ।
सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेको छ।
आज बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले सरकारी कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडमा पौडेललाई आगामी कार्यकालका लागि प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो।
उनीसहित प्रबन्ध निर्देशक पदका लागि टेलिकमकै संगीता पहाडी र तथा पूर्ब प्रबन्ध निर्देशक बुद्धि आचार्यलाई सिफारिस गरेको थियो।
उनी निकट स्रोतलेसमेत बधाई दिएको र पदभार गरेपछि मात्र औपचारिक कुराकानी गर्ने बताएको जानकारी दिएको छ
पौडेलले अब आगामी ४ वर्ष नेपाल टेलिकमलाई नेतृत्व दिनेछन्।
पौडेललाई ल्याउनको लागि टेलिकमको प्रबन्ध निर्देशक पदको नियुक्ति र सेवा सुविधा सम्बन्धी निर्देशिका नै संशोधन गरेको भन्दै विरोध हुँदै आएको छ। तर त्यसका बाबजुद सरकारले पौडेललाई प्रबन्ध निर्देशक पदमा नियुक्त गरेको हो।
पौडेल हाल राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यकारी निर्देशक पदमा कार्यरत छन्।
प्रकाशित: २४ चैत्र २०७८, बिहीबार