
काठमाडौं ।
एनआईसी एशिया क्यापिटलले अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क डिम्याट तथा मेरो शेयर खाता खोलिदिने भएको छ।
एन आई सी एशिया क्यापिटलले शारीरिक तथा मानसिक कमिकमजोरी भई अपाङ्गता भएका ‘क’ तथा ‘ख’ वर्गका व्यक्तिहरुलाई धितोपत्र बजार प्रवेशमा प्रोत्साहन गराउने प्रमुख उद्देश्यका साथ एनआईसी एशिया क्यापिटल लिमिटेड तथा एन आई सी एशिया बैंक लिमिटेडको सम्पूर्ण शाखा कार्यालयहरुबाट निःशुल्क रुपमा डिम्याट तथा मेरो शेयर खाता खोलिदिने व्यबस्था मिलाइएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ।
साथै इलष्लिभ मार्फत डिम्याट तथा मेरो शेयर खाता खोल्नको लागि एन आई सी एशिया क्यापिटलको वेभसाइट वा सोझै https://onlinedemat.nicasiacapital.com/#/ मा क्लिक गरी रितपुर्वक विवरण भरि सहजै रुपमा डिम्याट खाता र मेरो शेयरको खाता खोल्न सकिने जनाएको छ।
प्रकाशित: २४ चैत्र २०७८, बिहीबार