लाइसेन्सको अनलाइन फाराममा पनि घुइँचो

  • Technology Khabar | २४ चैत्र २०७८, बिहीबार
लाइसेन्सको अनलाइन फाराममा पनि घुइँचो

काठमाडौं ।

सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन फाराम भर्न भन्झटिलो भएको हुँदा गण्डकी प्रदेश सरकारले कार्यालयभन्दा थप समयमा पनि कर्मचारी परिचालन गर्ने भएको छ।

मन्त्रिपरिषद्को चैत १८ गते बसेको बैठकले उक्त निर्णय गर्दै बढी समय काममा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ।

यातायात विभागको वेबसाइटमा अहिले ४५ हजार सेवाग्राहीले आवेदन दिइसके का छन् । जसको २०२४ सम्म ‘भिजिट डेट’ पुगेको छ।

लाइसेन्सका लागि लामो समय कुर्नुपर्ने बाध्यतालाई सहज बनाउन प्रदेश सरकारले कर्मचारीलाई खटाउन लागेको गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार , सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले जानकारी दिए।

उनले भने, “दुई वर्षपछिसम्म मिति तोकिएको फाराम आउँदो असारसम्म सक्नुपर्ने भनेका छौँ । कार्यालयका कर्मचारीहरू सोहीअनुसार लागि परेका छन् । लाइसेन्स आवेदन दिएकाहरूको फाराम अघि सारेको कार्यालयले जनाएको छ।”

यातायात कार्यालयका अनुसार दैनिक ४०० हाराहारीको ट्रायल हुँदै आएको छ। गोरखापत्रबाट

प्रकाशित: २४ चैत्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दूर चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • २४ चैत्र २०७८, बिहीबार