चीनको पीसी मोनिटर ढुवानी २०२२ मा थोरै घट्ने संभावना: रिपोर्ट

  • Technology Khabar | २४ चैत्र २०७८, बिहीबार
चीनको पीसी मोनिटर ढुवानी २०२२ मा थोरै घट्ने संभावना: रिपोर्ट
सांकेतिक तस्बिर

काठमाडौं ।

चीनको पर्सनल कम्प्युटर (पीसी) मोनिटरहरूको ढुवानी यस वर्ष १.४ प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ।

एक उद्योग प्रतिवेदनको तथ्याङ्कले देखाएअनुसार सन् २०२२ मा पर्सनल कम्प्युटर (पीसी) मोनिटरहरूको ढुवानी विश्वव्यापी रूपमा ३.६ प्रतिशतले घट्ने देखिएको छ। तर चीनको गिरावट भने यसभन्दा निकै कम हुने बताईएको छ।

विश्व बजार अनुसन्धान फर्म इन्टरनेशनल डाटा कर्पोरेशन (आईडीसी) द्वारा जारी प्रतिवेदनले सन् २०२२ मा देशले ३ करोड २० लाख पीसी मोनिटरहरू पठाउने अपेक्षा गरिएको सिन्ह्वाले जनाएको छ।

गत वर्ष, चीनले ३ करोड २३ लाख १० हजार पीसी मोनिटरहरू पठाएको थियो, जुन वार्षिक रूपमा ९.७ प्रतिशतले बढेको छ र जुन गत दशकमा सबैभन्दा उच्च वृद्धि हो।

“गत वर्ष पीसी मोनिटरको माग चरम सीमामा पुगेपछि बजारमा वृद्धिको गति देखिएको छैन,” आईडीसीले भन्यो, “सरकार र शिक्षा क्षेत्रबाट खरिद सम्झौताले पनि पीसी मोनिटर बजारमा बढ्दो चुनौतीहरू खडा गरेको छ।”

प्रकाशित: २४ चैत्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार