भारतद्वारा २२ ओटा युट्युब च्यानल ब्लक

  • Technology Khabar | २४ चैत्र २०७८, बिहीबार

काठमाडौं ।

भारतको सूचना तथा प्रसारण मन्त्रालयले देशको राष्ट्रिय सुरक्षा र वैदेशिक सम्बन्धको बारेमा गलत सूचना र जानकारी प्रसारण गरेको भन्दै २२ ओटा युट्युब च्यानललाई ब्लक गरेको छ।

भारतीय मिडियाहरुकाअनुसार सरकारले २०२१ आइटी नियमअन्तर्गत १८ वटा भारतीय युट्युब समाचार च्यानल र ४ वटा पाकिस्तानस्थित युट्युब च्यानलाई ब्लक गरेको हो।

चार पाकिस्तानी युट्युब च्यानलहरुले भारतको राष्ट्रिय सुरक्षा, विदेश सम्बन्ध र सार्वजनिक व्यवस्था विरुद्ध कुपप्रचार गरिरहेको मन्त्रालयले दाबी गरेको छ।

मन्त्रालयका अनुसार ब्लक गरिएका युट्युब च्यानलहरूले टिभी समाचार च्यानलहरूको लोगो प्रयोग गरेर गलत थम्ब्नेल राखेर दर्शकहरूलाई भ्रामक सन्देश दिइरहेका थियो।

मन्त्रालयले २२ युट्युब च्यानलसँगै तीन वटा ट्विटर एकाउन्ट, एउटा फेसबुक अकाउन्ट र एउटा समाचार वेबसाइट समेत ब्लक गरेको छ।

‘सूचना तथा प्रसारण मन्त्रालयले आइटी नियम २०२१ अन्तर्गतको आपतकालीन शक्तिको प्रयोग गर्दै सन् २०२२ अप्रिल ४ तारिखमा २२ वटा युट्युब च्यानल, तीन ट्विटर खाताहरू, एउटा फेसबुक अकाउन्ट र एउटा समाचार वेबसाइटलाई ब्लक गरिएको हो,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

यसअघि पनि भारतीय सरकारले भ्रामक र गलत जानकारी दिएको भन्दै युट्युब च्यानलहरु बन्द गर्ने आदेश दिएको थियो।

प्रकाशित: २४ चैत्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार