गुगल क्लाउडले लन्च गर्यो क्रस प्लेटफर्म डाटा भण्डारण इन्जिन ‘बिगलेक’

Technology Khabar २४ चैत्र २०७८, बिहीबार

काठमाडौं ।

कम्पनीको क्लाउड डाटा शिखर सम्मेलनमा, गुगलले बुधबार बिगलेक (BigLake) को पूर्वावलोकन अर्थात प्रीभ्यू प्रक्षेपणको घोषणा गरेको छ। यो कम्पनीको नयाँ डाटा लेक भण्डारण इन्जिन हो जसले उद्यमहरूलाई उनीहरूको डाटा स्टोरहरू र डाटा लेकहरूमा डाटा विश्लेषण गर्न सजिलो बनाउने छ।

यहाँ आइडीयाअनुसार यसको मूल काम भनेको यसको बिगक्वेरी (BigQuery) डाटा गोदाम चलाउने र व्यवस्थापन गर्ने र गुगल क्लाउड भण्डारणमा डाटा लेकहरू विस्तार गर्ने रहेको छ । यसका साथै डाटा लेक्स र वेयरहाउसेजका उत्कृष्ट कामहरूलाई एउटै सेवामा मिलाएर अन्तर्निहित भण्डारण ढाँचा र प्रणालीहरूलाई नदेखिने गुगलको अनुभव दिलाउनु रहेको टेकक्रन्चले उल्लेख गरेको छ।

यो डाटा बिगक्वेरीमा बस्न सक्छ वा एडब्लुएस एस३ र अजुर डाटा लेक स्टोरेज जेन२ मा पनि रहन सक्छ। बिगलेकमार्फत, विकासकर्ताहरूले एक समान स्टोरेज इन्जिनमा पहुँच प्राप्त गर्नेछन् र डाटा सार्नु वा प्रतिलिपि नगरिकन नै एकल प्रणालीमार्फत अन्तर्निहित डाटा स्टोरहरू क्वेरी गर्ने क्षमता पाउनेछन्।

नीति ट्यागहरू प्रयोग गरेर, बिगलेकले एडमिनहरुलाई तिनीहरूको सुरक्षा नीतिहरू तालिका, रो र कोलममा कन्फिगर गर्न अनुमति दिन्छ।

प्रकाशित: २४ चैत्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया