
काठमाडौं ।
अमेरिकी चिप निर्माता कम्पनी क्वालकमको आउँदै गरेको स्न्यापड्रागन ७ सिरिजको विवरण लीक भएको छ।
हालै चर्चित टिपस्टर डिजिटल च्याट स्टेशनले वेबो एकाउन्टमा उक्त चिपका बारेमा मुख्य विवरण सार्वजनिक गरेका हुन्।
डिजिटल च्याट स्टेशनले उक्त चिपसेटमा ४ ओटा कर्टेक्स-ए७१० सीपीयू कोर तथा ४ ओटै कर्टेक्स-ए५१० सीपीयू कोर तथा एड्रेनो ६६२ जीपीयू रहने बताएका छन्।
यो फिचर स्न्यापड्रागन ८ जेन १ मा रहेको थप एउटा कर्टेक्स-ए७१० कोर तथा अझै शक्तिशाली कर्टेक्स-एक्स२ कोरभन्दा एक स्तरमात्र पछाडि रहेको जीएसएमएरिनाले जनाएको छ।
आउँदै गरेको उक्त चिपलाई स्न्यापड्रागन ७ जेन १ भनिने बुझिएको छ।
यो चिप कुन कम्पनीले बनाउनेछ भन्नेबारेमा केही खुलाइएको छैन। तर यो सामसङको ४ एनएम वा टीएसएमसीको ५ एनएम प्रोसेसमा बन्न सक्ने जीएसएमएरिनाको आकलन छ।
प्रकाशित: २४ चैत्र २०७८, बिहीबार