डाटा सुरक्षा फ्रेमवर्क निर्माण गर्दै अस्ट्रेलिया

  • Technology Khabar | २४ चैत्र २०७८, बिहीबार
डाटा सुरक्षा फ्रेमवर्क निर्माण गर्दै अस्ट्रेलिया

काठमाडौं ।

अस्ट्रेलियाको रक्षा विभागले नयाँ राष्ट्रिय डाटा कार्ययोजनाको काम शुरु गरेको छ।

यो कार्ययोजना संघीय सरकारको विस्तारित डिजिटल अर्थतन्त्र रणनीति अन्तर्गत ल्याउन लागिएको जेडडीनेटले उल्लेख गरेको छ।

गृहमन्त्री कारेन एन्ड्र्यूजका अनुसार उक्त कार्ययोजना डिजिटल प्रणाली र नेटवर्कमा संकलन, प्रशोधन तथा भण्डारण गरिएका नागरिकका तथ्याङ्क सुरक्षा प्रणाली नमान्नेहरुबाट जोगाउनका लागि ल्याइएको बताएका छन्।

‘एक्काइसौं शताब्दीमा तथ्याङ्क रणनीतिक सामग्री हो। मोरिसन सरकार अस्ट्रेलियालीहरुका तथ्याङ्क सुरक्षित रुपमा भण्डारण गरिएकोले चोरी हुन, ह्याक हुन वा फिरौतीका लागि तोडमोड हुनबाट जोगाइएको छ भन्ने विश्वास दिलाउन चाहन्छ’,एन्ड्र्यूजले भने।

उनले सबै तहका सरकार, उद्योग तथा समुदायहरुमा तथ्याङ्कको भोल्युम बढिरहेको बेला मोरिसन सरकार भण्डारण र पहुँच हुन सक्ने ठाउँमा रहेका डाटा सुरक्षाका लागि राष्ट्रिय कार्ययोजना बनाउनमा प्रतिबद्ध रहेको पनि जानकारी दिए।

प्रकाशित: २४ चैत्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार