भिभोले वाई सिरिजमा विशिष्ट क्यामेरा र ब्याट्री लाइफ भएको दुई नयाँ स्मार्टफोन लन्च गर्दै

  • Technology Khabar | २३ चैत्र २०७८, बुधबार
भिभोले वाई सिरिजमा विशिष्ट क्यामेरा र ब्याट्री लाइफ भएको दुई नयाँ स्मार्टफोन लन्च गर्दै

काठमाडौं ।

स्मार्टफोनको संसारमा, त्यहाँ एउटा यस्तो चीज छ जुन हामीसँग कहिल्यै कमी हुँदैन – ती हुन् विकल्पहरू। यहाँ प्रत्येक ब्रान्डले आफ्ना ग्राहकहरुलाई खुसी पार्न हरेक वर्ष नयाँ नयाँ विशेषताका स्मार्टफोनहरू सार्वजनिक गर्छन र, उत्कृष्ट विकलपहरु मध्येबाट चयन गर्न पाउनु उत्तम भएतापनि धेरै विकलपहरुले झन अलमल्ल पार्न सक्छन्। र यदि तपाईं मूल्य–सचेत ग्राहक हुनुहुन्छ भने, यो धेरै मुश्किल हुन सक्छ।

यो धेरै वर्षदेखि सामान्य परिदृश्य बन्दै आइरहेको छ। र, प्रत्येक मूल्य बिन्दूमा प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभवहरू प्रदान गर्न प्रतिबद्ध ब्रान्ड भिभोले यस्तो अन्यौल हटाउन निर्बाध रुपमा लागि परिरहेको छ । भिभोले चाँडै नै आफ्नो युवा उन्मुख वाई सिरिज अन्तर्गत– दुई उत्कृष्ट मोडल वाई३३ एस र वाई०१ सार्वजनिक गर्दैछ भन्ने चर्चा बजारमा छ।

वाई सिरिजले हालैका वर्षहरूमा आफ्नो लागि राम्रो नाम कमाएको छ, त्यसका लागि सबै मूल्यहरूमा उत्कृष्ट पावर–प्याक प्रदर्शन र युवाकेन्द्रित डिजाइनहरूलाई धन्यवाद। यी आगामी दिनमा सार्वजनिक हुन लागेका वाई सिरिजका स्मार्टफोनहरू अझ केही वृद्धिहरु सहित प्रयोगकर्ताहरुका लागि समान गुणस्तरीय र नवीन सुविधाहरूको साथ आउने अपेक्षा गरिएको छ ।

स्रोतहरूका अनुसार, भिभोको वाई३३एस मा उत्कृष्ट ५० एमपी मुख्य क्यामेरा छ जसमा फोटोग्राफरहरू, सामग्री सिर्जनाकर्ताहरू र सामाजिक सञ्जाल उत्साहीहरूले सम्भव भएसम्म हरेक पल कैद गर्न सक्नेछन् ।

अल्ट्रा–क्लियर शटहरू लिन तथा दिन र रातमा फोटोहरु खिच्न धेरै शुटिङ मोडहरू पनि यसमा छन् । यति मात्र होइन, केही लीकहरूका अनुसार यो स्मार्टफोनमा ठूलो ब्याट्री छ जुन ५००० एमएएच हुनसक्छ, जसले प्रयोगकर्ताहरूलाई ब्याट्री सक्किन चिन्ताबाट मुक्त गराउँदै सबै अविस्मरणीय क्षणहरू खिच्न सक्ने सुनिश्चित गर्दछ।

समकालीन स्टाइल तथा स्लीक स्मार्टफोनहरूमा स्विच गर्न चहाने पछिल्ला पुस्ताका लागि भिभोसँग सबैभन्दा स्टाइलिश र ट्रेन्डी स्मार्टफोनहरू सार्वजनिक गर्ने इतिहास छ जसले सुलभ मूल्यमा उत्कृष्टता प्रदान गर्दछ। त्यसोभए, हेरौं भिभोसंग हाम्रो लागि के छ । यदि हल्लाहरू सत्य हुन् भने, वाई३३एस ले सुलभ मध्य–दायरा खण्डमा आमुल परिवर्तन गर्न सक्छ र प्रयोगकर्ता अनुभवलाई अर्को स्तरमा लैजान सक्छ।

अर्कोतर्फ, ५००० एमएएचको लामो समयसम्म टिक्ने ब्याट्री लाइफको साथ वाई०१ अन–द–गो पुस्ताको लागि उत्कृष्ट स्मार्टफोन हो । त्यसैले, यदि तपाईं यात्रा गर्न मन पराउने, धेरै भिडियोहरू वा फोटोहरू खिच्न मन पराउँने, वा घण्टौंसम्म गेमहरू खेल्नहुन्छ भने आगामी वाई०१ तपाईंको लागि उत्कृष्ट छनौट हुन् सक्छ । यसबाहेक, क्रिस्प र इमर्सिभ गेमिङ तथा कन्टेन्ट उपभोग अनुभवको लागि फोनमा ६.५१ इन्च एचडी+ हेलो फुलभ्यू डिस्प्ले रहेको हल्ला छ । सुरक्षाको सन्दर्भमा, यो फोन भिभोको अत्यधिक सक्षम फेस एक्सेस टेक्नोलोजीको साथ आउनेछ जसले फोनलाई आँखा झिम्काउन सक्ने भन्दा छिटो अनलक गर्छ र हरेक पटक आकर्षक रूपमा काम गर्दछ।

अहिलेसम्म, वाई३३एस र वाई०१ आशाजनक उपकरण जस्तो देखिन्छ। भिभोको वाई सिरिजका फोनहरूले विगतका प्रदर्शनहरुलाई ध्यानमा राख्दै, हामी लगभग निश्चित छौं कि यी नयाँ स्मार्टफोनहरू शीर्ष प्रदर्शनकर्ताहरू हुनेछन्। थप अपडेटहरू भने आउँन बाँकी छन् त्यसका लागि सम्पर्कमा रहनुहोस्।

प्रकाशित: २३ चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार