
काठमाडौं ।
अमेरिकी चिप निर्माता इन्टेल कर्पले रुसमा आफ्नो व्यवसाय सञ्चालन रोकेको छ।
रुसले यूक्रेनमाथि हमला गरिरहेको अवस्थामा विश्वका विभिन्न प्रविधि कम्पनीहरुले आफ्ना सेवा बन्द गरेकोमा इन्टेलले पनि सोही पदचाप पछ्याएको बुझिएको छ।
अघिल्लो महिना रुस तथा बेलारुसका उपभोक्तालाई आफ्ना उत्पादनहरु शिपमेन्ट गर्न रोकेको कम्पनीले आफ्नो वैश्विक सञ्चालनमा हुने समस्या कम गर्नका लागि व्यवसाय निरन्तरताका उपायहरु अवलम्बन गरिरहेको बताएको छ।
‘रुसले यूक्रेनमाथि गरेको हमलाको भर्त्सना गर्ने मामलामा दुवै देश छिट्टै शान्ति प्रक्रियामा जाउन् भन्ने उद्देश्यले इन्टेलले विश्व समुदायको पदचाप पछ्याएको छ’, कम्पनीले भनेको छ।
प्रकाशित: २३ चैत्र २०७८, बुधबार