टेलिकम भित्रकै व्यक्तिलाई प्रबन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारीहरु आन्दोलित

  • Technology Khabar | २३ चैत्र २०७८, बुधबार

काठमाडौं ।

नेपाल टेलिकमको नयाँ प्रबन्ध निर्देशकको पदमा कम्पनी भित्रकै व्यक्तिलाई प्रबन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारीहरु आन्दोलित भएका छन्।

कर्मचारीहरुले टेलिकम भित्रकै वरिष्ठलाई प्रबन्ध निर्देशक बनाउनुपर्ने भन्दै आज बुधबार समेत आन्दोल र सभा गरेका छन्।

नेपाल टेलिकम वर्कस युनियनले बुधबार टेलिकमको केन्द्रिय कार्यालय भद्रकाली प्लाजामा धर्ना र खबरदारी सभाको आयोजना गर्दै टेलिकम भित्रकै वरिष्ठ व्यक्तिलाई नियुक्त गर्न माग गरेका हुन्।

यसअघि नै युनियनले बाहिरी व्यक्तिलाई मिलिभगतमा ल्याउन खोजिएको भन्दै आपत्ति व्यक्त गरेका छन्। उनीहरुले यसअघि सो बारेमा सम्बन्धित मन्त्रीलाई समेत ध्यानाकर्षण गराएका थिए।

सरकारले रिक्त रहेको प्रबन्ध निर्देशक नियुक्ति गर्ने प्रक्रिया अन्तरगत आज अन्तिम चरणका उम्मेदवारहरुको अन्तरवार्ता र प्रस्तुति गरेको छ। अब छनोटमा रहेका ९ जना मध्ये ३ जनाको नाम सिफारिस तथा छनोट समितिले सरकारलाई पठाउने छ र सोही आधारमा १ जना नियुक्त हुनेछन्।

सोही क्रममा कम्पनीको नेतृत्व गर्ने व्यक्ति संस्थाभित्रै बाट अनुभवी विषय वस्तु बुझेको व्यक्ति हुनुपर्ने माग गरेको छ। युनियनले प्रबन्ध निर्देशक कुनै शक्ति केन्द्रको निर्देशन वा प्रभावमा नपरी लामो समय संस्थामै रही दूरसञ्चार क्षेत्रमा विशेषज्ञता हासिल गरेको व्यक्ति हुनुपर्ने जनाएको हो।

यो पनि हेर्नुस्-

टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति प्रक्रियामा मिलिभगत भएको टेलिकम वर्कर्स युनियनको दाबी

प्रकाशित: २३ चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार