अमेरिकाद्वारा रुसी डार्कनेट तथा क्रिप्टो एक्सचेञ्जमाथि प्रतिबन्ध

  • Technology Khabar | २३ चैत्र २०७८, बुधबार
अमेरिकाद्वारा रुसी डार्कनेट तथा क्रिप्टो एक्सचेञ्जमाथि प्रतिबन्ध

काठमाडौं ।

अमेरिकी ट्रेजरी डिपार्टमेन्टले मंगलबार रुसी डार्कनेट बजार तथा क्रिप्टोकरेन्सी एक्सचेञ्जहरुमाथि प्रतिबन्ध लगाएको छ।

विशेषगरी मस्को तथा सेन्ट पिटर्सबर्ग बाहिरबाट सञ्चालन भइरहेका यस्ता डार्कनेट बजार तथा क्रिप्टोकरेन्सी एक्सचेञ्जहरुलाई प्रतिबन्धको लक्षमा राखिएको रोयटर्सले उल्लेख गरेको छ।

ट्रेजरी डिपार्टमेन्टको वेबसाइटमा हाइड्रा तथा क्रिप्टो एक्सचेञ्ज ग्यारन्टेक्समाथि भएको प्रतिबन्ध प्रकाशित गर्दै ‘तिमीहरु डार्कनेट वा तिनिहरुका फोरममा लुकेर बस्न सक्दैनौ भनी आज अपराधीहरुलाई मेसेज गर्नुहोस्’ भन्ने ब्यहोरा लेखिएको ट्रेजरी सेक्रेटरी ज्यानेट येलेनले बताइन्।

ब्लकचेन अनुसन्धाताहरुका अनुसार सन् २०१९ मा रुसको क्रिप्टो एक्सचेञ्जबाट आइका लगभग ८६ प्रतिशत अवैध बिटक्वाइन हाइड्रामार्फत् आएको भन्दै ट्रेजरी डिपार्टमेन्टले यसलाई विश्वकै सबैभन्दा ठूलो र महत्वपूर्ण डार्कनेट बजारको संज्ञा दिए।

प्रकाशित: २३ चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार