फोन गरिरहेको बेला यसरी पड्कियो वनप्लस नर्ड २

  • Technology Khabar | २३ चैत्र २०७८, बुधबार

काठमाडौं ।

हालै भारतमा वनप्लस नर्ड २ स्मार्टफोन फेरि पड्किएको छ।

एक यूजरले फोनमा कुरा गरिरहेको बेला अचानक पड्किएको खबरले कम्पनीको चिन्ता बढाएको छ। ट्विटरमा ती यूजरले आफ्नो भाइको वनप्लस नर्ड ३ मोबाइल फोनमा बोल्दा बोल्दै अचानक पड्किएको दावीसहित पोस्ट गरेका छन्।

उनले उक्त घटनाका बारेमा स्थानीय उपभोक्ता अदालतमा उजुरी दिएको पनि उल्लेख गरेका छन्।

उनले ट्विटरमा एउटा भिडियो क्लिप पनि शेयर गरेका छन् जसमा एउटा स्मार्टफोनको स्क्रीन फुटेर धुवाँको मुस्लो सहित बडीआट अलग हुँदै गइरहेको देखिएको छ।

https://twitter.com/lakshayvrm/status/1507747824238481409

लक्ष्य वर्मा नामका ट्विटर यूजरले गत मार्च २६ मा एउटा ट्वीटमार्फत् आफ्नो भाइको वनप्लस नर्ड २ स्मार्टफोन अचानक पड्किएको जानकारी गराएका थिए। ट्वीटका अनुसार, घटनाका समयमा प्रयोगकर्ता फोनमा बोलिरहेका ग्याजेट्स३६० ले उल्लेख गरेको छ।

उनले विस्फोटका कारण फोनको धातु पग्लिएर पीडित अर्थात् उनका भाइको घाँटी, हात तथा अनुहारमा टाँसिएको पनि दावी गरेका छन्।

उनले शेयर गरेको भिडियोमा उक्त फोन जमीनमा रहेको र त्यसबाट धुवाँ आइरहेको देखिएको छ। तर भिडियोबाछ यो वनप्लस नर्ड २ नै हो वा अरु कुनै हो भन्ने यकिन गर्न सकिने अवस्था छैन।

लक्ष्यले यसबारेमा गत मार्च ३१ मा अर्को ट्वीटमा फोनका केही फोटो पनि शेयर गरेका थिए। ट्वीटमा उनले यसबारे वनप्लसमा गुनासो गरे पनि सन्तोषजनक जवाफ नपाएको लेखेका छन्।

यस्तै उनले गत अप्रिल १ मा स्थानीय उपभोक्ता अदालतमा उजुरी गरेको इन्ग्याजेटले जनाएको छ।

भारतमा वनप्लस नर्ड २ पड्किएको यो पहिलो घटना भने होइन।

फेरि विस्फोट भयो वनप्लसको स्मार्टफोन, भारतीय प्रयोगकर्ताले पोस्ट गरे तस्बिर

वनप्लस नर्ड २ स्मार्टफोन विस्फोट हुँदा भारतमा एक प्रयोगकर्ता घाइते

प्रकाशित: २३ चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार