टिकटक प्रतियोगिता आयोजना गर्दै नेकपा एमाले, बिजेतालाई १ लाख रुपैयाँ दिईने

  • Technology Khabar | २३ चैत्र २०७८, बुधबार
टिकटक प्रतियोगिता आयोजना गर्दै नेकपा एमाले, बिजेतालाई १ लाख रुपैयाँ दिईने

काठमाडौं ।

नेकपा एमालेको साइबर सर्कलले राष्ट्रिय टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ।

आगामी स्थानीय निकायको चुनावलाई लक्षित गर्दै सोमबार एक कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले टिकटक प्रतियोगिताको घोषणा गरेका हुन् । सो टिकटक प्रतियोगितामा करिब ४ लाख रुपैयाँ राशीको पुरस्कार राखिएको छ।

स्थानीय निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउने उद्देश्यले राष्ट्रिय युवा संघ नेपालको साईवर सर्कल विभागले टिकटक प्रतियोगिताको आयोजना गर्न लागेको बताईएको छ।

एमालेको विचार तथा सिद्धान्त झल्किने किसिमका आकर्षक टिकटक भिडियो बनाउँदा नगद पुस्कार जित्न सकिने छ।

प्रतियोगिताबाट उत्कृष्ट भिडियोहरुलाई छनौट गरि मस्ट पपुलर र क्रियटिभ गरी २ विधामा ३/३ जनालाई पुरस्कार वितरण गरिनेछ। जसमा प्रथमले १ लाख, द्धितीयले ५० पचास हजार र तृतीयले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यो प्रतियोगिता चैत्र २१ गतेबाट वैशाख ३० गतेसम्म संचालन हुने बताईएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले पुरस्कार वितरण गर्नेछन्।

टिकटक भिडियो एमालेले अघि सारेका योजना र विकासमा आधारित नितान्त व्याक्तिगत रचनात्कम हुनुपर्ने, श्रृजना बढीमा २ मिनेटको हुनुपर्ने, भिडियोमा ‘भोट फर सन्’, सिपिएन यूएम एल, साइवर सर्कल नेपाल, आइएम विथ केपी ओली लगायतका ह्यासट्याग प्रयोग गरेर शेयर गरेको हुनुपर्नेछ।

प्रकाशित: २३ चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार