कंचनपुरमा डिशहोम फाईवरनेटको सोरुम संचालनमा

  • Technology Khabar | २३ चैत्र २०७८, बुधबार
कंचनपुरमा डिशहोम फाईवरनेटको सोरुम संचालनमा

काठमाडौं ।

डिशहोम फाईवरनेटको बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न लालपुर, कंचनपुरमा डिशहोम फाईवरनेट सोरुमको उद्घाटन गरिएको छ। सो सोरुमको सञ्चालन दिपक ईलेक्ट्रोनिकले गर्नेछ।

सोरुम उद्घ्घाटन डिशहोमका तर्फवाट सिओओ स्वाईन बिलिङ्ग, सेल्स जनरल म्यानेजर रमेश सापकोटा, नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स म्यानेजर निर्मल आचार्य, सेल्स अफिसर कमल रिमाल, सेल्स अफिसर लक्ष्मी राज जोशी र डिलरका प्रोप्राईटर लक्ष्मिदत्त पाण्डेको उपस्थितिमा सम्पन्न भएको थियो ।

विगत लामो समय देखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको दिपक ईलेक्ट्रोनिकले अब डिशहोम फाईवरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिने कम्पनीले जनाएको छ।

१०० सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको दिपक ईलेक्ट्रोनिकले अझ बढी ग्राहकहरूको माझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने दिपक ईलेक्ट्रोनिकका सञ्चालक दिपक भट्टले जानकारी दिए।

प्रकाशित: २३ चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार