
काठमाडौं ।
निर्वाचन आयोगले आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुने राजनीतिक दल र उम्मेदवारहरूको प्रचार प्रसारमा कडाइ गरेको छ। आयोगले अनलाइन तथा सामाजिक सञ्जालमार्फत गरिने प्रचार प्रसारमा समेत कडाई गरेको छ।
आयोगले मंगलबार राजनीतिक दलहरूलाई ६० बुँदे निर्देशन जारी गर्दै प्रचार शैलीमा कडाइ गरेको हो । जसमा अनलाइन वेब पेजबाट प्रचार प्रसार गर्न रोक लगाईएको छ भने टिभी स्क्रोलिङ्ग कल सेन्टर संचालन एटिएम काउन्टरमा विज्ञापन गराउने लगायतका कार्यमा समेत रोक लगाएको छ।
यसका साथै मौन अवधिमा अनलाइन माध्यमका साथसाथै सामाजिक सञ्जालबाट समेत विज्ञापन तथा प्रचार प्रसार गर्न रोक लगाईएकोछ।
आचारसंहिता विपरित कुनैपनि उम्मेदवारले सामाजिक सञ्जालमा लेख रचना छपाउन वा प्रकाशित गर्न समेत रोक लगाईएको छ।
त्यसैगरी २४ घण्टामा दुई पटक भन्दा रेडियो टेलिभिजनबाट उम्मेदवारको प्रचार प्रसार गर्न नपाउने पनि निर्देशनमा उल्लेख छ।
प्रकाशित: २२ चैत्र २०७८, मंगलवार