हिम इलेक्ट्रोनिक्स र डोको रिसाइक्लर्सबीच सम्झौता

  • Technology Khabar | २२ चैत्र २०७८, मंगलवार
हिम इलेक्ट्रोनिक्स र डोको रिसाइक्लर्सबीच सम्झौता

काठमाडौं ।

हिम इलेक्ट्रोनिक्स प्रालिले डोको रिसाइक्लर्ससँग चैत्र १७ गते एक सम्झौतामा हस्ताक्षर गरेको छ।

आफ्ना पुराना इलेक्ट्रोनिक्स उत्पादनहरूको ई–फोहोर व्यवस्थापनको लागि सहकार्य गर्न हिम इलेक्ट्रोनिक्सले डोको रिसायक्लर्ससँग सम्झौता गरेको हो।

सम्झौतामा गोल्छा ग्रुपका भाइस प्रेसिडेन्ट प्रभाकर एस थापा र डोको रिसाइक्लर्सका तर्फबाट नितेश श्रेष्ठले हस्ताक्षर गरेका छन्।

यी दुवै कम्पनीहरु स्मार्ट सस्टेनिबिलिटीमा विश्वास गर्छन् र यो सम्झौतासँगै यिनीहरुको काम वातावरणमैत्री व्यापारिक अभ्यासतर्फ एक कदम अगाडि बढेको छ।

प्रकाशित: २२ चैत्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...