
काठमाडौं ।
स्पोटीफाईले ‘फिचर्ड क्युरेटर्स’ नामक नयाँ फिचर परीक्षण गरिरहेको छ।
यो फिचरले आफ्नो आधिकारिक स्पोटीफाई प्लेलिस्टका साथमा लोकप्रिय यूजरका प्लेलिस्टलाई प्रबर्द्धन गर्ने कम्पनीले सोमबार जनाएको छ।
यो नयाँ फिचर सीमित-समयको परीक्षणको एउटा अंश भएको र यूजरहरुले स्पोटीफाईमा बनाएका प्लेलिस्टलाई धेरै भन्दा धेरै व्यक्तिसमक्ष पुर्याउनका लागि यो फिचर डिजाइन गरिएको टेकक्रन्चले जनाएको छ।
कम्पनीले यस फिचरका लागि छानिएका क्युरेटरहरु धेरै फलोअर तथा स्पोटीफाईमा लोकप्रिय प्लेलिस्ट भएका संगीत अनुरागी रहेका जनाएको छ।
केही निश्चित क्षेत्रका यूजरले इन-एप तथा आफ्ना होमपेजमा फिचर्ड क्युरेटर प्लेलिस्टको सुझाव पाउन सक्ने कम्पनीले जनाएको छ।
‘हाम्रो उद्देश्य उत्कृष्ट संगीतको अनुभवका लागि स्पोटीफाईलाई सधैं शीर्ष गन्तव्यमा पुर्याउनु हो र यो गुरुयोजनामार्फत् हामी श्रोताहरुलाई उनीहरुजस्तै संगीतमा रमाउने अरु फ्यानहरुको छनोटका संगीत सामग्री प्रदान गरिरहेका छौं’, कम्पनीले घोषणाका बारेमा आफ्नो ब्लग पोस्टमा उल्लेख गरेको छ।
प्रकाशित: २२ चैत्र २०७८, मंगलवार