गुगलद्वारा पिक्सेल डिभाइसका लागि अप्रिल अपडेट उपलब्ध

  • Technology Khabar | २२ चैत्र २०७८, मंगलवार
गुगलद्वारा पिक्सेल डिभाइसका लागि अप्रिल अपडेट उपलब्ध

काठमाडौं ।

गुगलले आफ्ना पिक्सेल डिभाइसका लागि अप्रिल अपडेट जारी गरेको छ।

कम्पनीले ल्याएको उक्त अपडेट पिक्सेलका योग्य डिभाइसहरुका लागि भएको र पिक्सेल ६ तथा ६ प्रो ले पहिलो पटक अन्य डिभाइससरह नै मासिक अपडेट पाउने जीएसएमएरिनाले जनाएको छ।

सफ्टवेयर रिलिजका बेला फेला परेका केही उल्लेख्य समस्या अर्थात् बगलाई समाधान गर्ने अपेक्षा गरिएकाले यो पिक्सेल ६ तथा ६ प्रो का लागि महत्वपूर्ण हुने आकलन गरिएको छ।

हालसम्म भने अप्रिल अपडेटले थुप्रै उच्च जोखिमयुक्त सुरक्षा समस्यालाई समाधान गर्ने बुझिएको छ। उक्त डिभाइस प्रयोगकर्ताहरुले फोनमा पप-अप आएपछि इन्स्टल गर्न सक्ने बताइएको छ।

गुगलले आफ्ना अपडेट चरणबद्ध रुपमा उपलब्ध गराउने भएकाले यो अपडेट सबै डिभाइसमा उपलब्ध हुन केही दिन र हप्ता नै लाग्न सक्ने बुझिएको छ।

प्रकाशित: २२ चैत्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार