
काठमाडौं ।
-साजन सुवेदी
नेपालमा मोबाइल ब्रोडब्याण्ड इन्टरनेट सेवा चलाउनेको संख्या २ करोड ७४ लाख ७८ हजार ५९२ पुगेको छ।
यो सङ्ख्या थ्रीजी, फोरजी र ईभीडीओ सेवा लिनेहरुको समग्र आँकडा हो।
हालै नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पुष महिनाको तथ्यांकअनुसार मोबाइल ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रयोगकर्ताहरुको संख्या २ करोड ७४ लाख ७८ हजार ५९२ पुगेको हो।
यीमध्ये नेपाल टेलिकमका समग्र मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ता १ करोड ८९ लाख ४३ हजार ५५७ रहेको छ। यो सङ्ख्यामा थ्रीजीका प्रयोगकर्ता १ करोड ३ लाख ६ हजार ६५९ तथा फोरजीका ६७ लाख ७० हजार ३२५ का साथै ईभीडीओका १ लाख ३६ हजार ५७३ समावेश छन्।
तथ्यांकअनुसार एनसेलका समग्र मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ता ८२ लाख २३ हजार ६८२ रहेका छन्। यीमध्येथ्रीजीका प्रयोगकर्ता २१ लाख ५८६ तथा फोरजीका ६१ लाख २३ हजार ९६ रहेका छन्।
यस्तै स्मार्ट टेलिकमका समग्र मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ताको सङ्ख्या १ लाख ६४ हजार ८४८ रहेको छ। स्मार्ट टेलिकमले फोरजी सेवा मात्र उपलब्ध गराएको छ।
फोरजी: टेलिकम र स्मार्ट दुवैले थपे, एनसेलले गुमायो
मंसिर महिनाभरिमा नेपाल टेलिकम र स्मार्ट टेलिकमले फोरजी सेवा लिने ग्राहक थपेका छन् भने एनसेलले गुमाएको छ।
फोरजीका हकमा १ महिनामा नेपाल टेलिकमले ५ लाख ९६ हजार ५६ ग्राहक थपेको छ एनसेलले २५ हजार ५०२ ग्राहक गुमाएको छ। यस्तै स्मार्ट टेलिकमले ४ हजार ५२ ग्राहक थपेको प्रतिवेदनले देखाएको छ।
थ्रीजी: टेलिकमका ५० हजार र एनसेलका ९७ हजार ग्राहक घटे
पुष महिनाभरिमा नेपाल टेलिकमले आफ्ना थ्रीजी प्रयोगकर्ताको सङ्ख्या मंसिर महिनाको तुलनामा ४९ हजार ५६३ ग्राहक गुमाएको छ। सोही अवधिमा एनसेलले पनि आफ्ना थ्रीजीका ९६ हजार ९४२ ग्राहक गुमाएको छ।
मंसिर मसान्तसम्म नेपाल टेलिकमका थ्रीजी प्रयोगकर्ता १ करोड ८६ हजार २२२ रहेकामा पुष मसान्तमा आइपुग्दा घटेर १ करोड ३६ हजार ५९ पुगेका छन्।
यसैगरी एनसेलका थ्रीजी ग्राहक मंसिर मसान्तसम्म २१ लाख ९७ हजार ५९८ रहेकामा पुष मसान्तसम्म आइपुग्दा घटेर २१ लाख ६४९ मा झरेको छ।
प्रकाशित: २२ चैत्र २०७८, मंगलवार