एलजीका तीन फोनमा यो वर्षको दोस्रो त्रैमासमा एन्ड्रोइड १२ उपलब्ध हुने

  • Technology Khabar | २२ चैत्र २०७८, मंगलवार
एलजीका तीन फोनमा यो वर्षको दोस्रो त्रैमासमा एन्ड्रोइड १२ उपलब्ध हुने

काठमाडौं ।

केही समय अघि आफ्नो मोबाइल व्यवसाय बन्द गरेको एलजीका तीन फोनमा एन्ड्रोइड १२ अपडेट उपलब्ध हुने भएको छ।

मोबाइल व्यवसाय बन्द गरे पनि कम्पनीले हाल चलिरहेका डिभाइसहरुमा २०२५ सम्म फर्मवेयर अपडेट उपलब्ध गराइरहने वाचा गरेको छ।

यसै कोरियाली कम्पनी एलजीले हालै तीन ओटा डिभाइसमा एन्ड्रोइड १२ अपडेट आउन लागेको घोषणा गरेको हो। यसबाहेक अन्य तीनमा भने सेक्युरीटी अपडेट मात्र आउने र ती सबै अपडेट यो त्रैमासको अन्त्यसम्म पूरा भइसक्ने कम्पनीलाई उद्धृत गर्दै जीएसमएमएरिनाले जनाएको छ।

यी अपडेटहरु शुरुमा दक्षिण कोरियामा उपलब्ध हुने र त्यसपछि विश्वका अन्य देशका डिभाइसमा पठाइने बुझिएको छ।

यो अपडेट आधिकारिक भर्सन भए पनि एन्ड्रोइड ११ बाट १२ मा जाने क्रममा फाइलहरु नष्ट हुन सक्ने हुनाले कम्पनीले ग्राहकहरुलाई आफ्ना महत्वपूर्ण डाटाको ब्याकअप राख्न पनि आग्रह गरेको छ।

यी फोनले पाउनेछन् अपडेट

मोबाइल मोडलअपडेटको किसिम
एलजी क्यू९२ फाइभजीएन्ड्रोइड १२
एलजी भी५० थिनक्यूएन्ड्रोइड १२
एलजी भी५०एस थिनक्यूएन्ड्रोइड १२
एलजी क्यू५२सेक्युरिटी अपडेट
एलजी विङसेक्युरिटी अपडेट
एलजी भेलभेटसेक्युरिटी अपडेट

प्रकाशित: २२ चैत्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार