

काठमाडौं ।
हबल टेलिस्कोपले हालसम्मकै कीर्तिमानी दूरीमा एउटा एकल तारा रहेको पत्ता लगाएको छ।
उक्त तारालाई इयरेन्डल नाम दिइएको छ भने यो हालसम्म उक्त टेलिस्कोपले भेटेकोमध्यै सबैभन्दा टाढाको एकल तारा रहेको बीबीसीले जनाएको छ।
उक्त वस्तुबाट आएको प्रकाश हबल टेलिस्कोपसम्म आइपुग्न १२.९ अर्ब वर्ष लागेको नासालाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ।
यो दूरीमा सामान्यतया: टेलिस्कोपहरुले लाखौं तारा भएका तारापुञ्जहरु मात्र देख्न सक्दथे। तर हबल अन्तरिक्ष अब्जरभेटरीले जूम लेन्समार्फत् पत्ता लाग्ने परम्परागत शैलीको ठिक उल्टो इयरेण्डल लाई भेटाएको हो।
यो प्रविधिलाई ग्राभिटेशनल लेन्सिङ भनिने र देखिने दूरीमा तारापुञ्जहरुको गुच्छा रहेको अवस्थामा यो पिण्डको गुरुत्वाकर्षण शक्ति मोडिने र त्यो भन्दा अझ परको वस्तुमा रहेको प्रकाशलाई अझ ठूलो बनाएर हेर्ने बुझिएको छ।
यस्तो अवस्थामा तारापुञ्जहरुको उक्त गुच्छापछाडिका अन्य तारापुञ्ज देखिनेमा यस पटक भने लेन्स तेर्सिएको स्थानमै इयरेन्डल देखिएको बीबीसीले उल्लेख गरेको छ।
प्रकाशित: २१ चैत्र २०७८, सोमबार