प्रतिबन्ध फुकुवा नभएसम्म रुसले अन्तरराष्ट्रिय अन्तरिक्ष केन्द्रमा सहकार्य नगर्ने

  • Technology Khabar | २० चैत्र २०७८, आईतवार
प्रतिबन्ध फुकुवा नभएसम्म रुसले अन्तरराष्ट्रिय अन्तरिक्ष केन्द्रमा सहकार्य नगर्ने

काठमाडौं ।

रुसले आफूमाथि लगाइएको प्रतिबन्ध फुकुवा नभएसम्म अन्तरराष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)मा सहकार्य नगर्ने भएको छ।

रुसले आफूमाथि लगाइएको प्रतिबन्ध फुकुवा नभएसम्म अन्तरराष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएसमा सहकार्य नगर्ने भएको छ।

रुसको अन्तरिक्ष नियोग रोस्कस्मसले उक्त केन्द्रका नासा तथा अन्य पश्चिमी अन्तरिक्ष एजेन्सीहरुसँग गर्दै आएको सहकार्य रोक्ने बताएको इन्ग्याजेटले उल्लेख गरेको छ।

गत शनिबार रोस्कस्मसका निर्देशक दिमितेरी रोगोजिनले रुसमाथि लागिरहेको अन्तरराष्ट्रिय प्रतिबन्धको भर्त्सना गर्दै आईएसएसका लागि हुँदै आएको पश्चिमी अन्तरिक्ष एजेन्सीहरुसँगको सहकार्य प्रतिबन्ध फुकुवा नभएसम्मका लागि रोकिने बताएका हुन्।

‘यो प्रतिबन्ध रुसी अर्थतन्त्र धराशायी पार्न, हाम्रा जनतालाई दु:ख तथा भोकमरीमा डुबाउन र हाम्रो देशलाई घुँडा टेकाउनका लागि हो। उनीहरु सफल हुँदैनन् भन्ने पक्का भए पनि उनीहरुको उद्देश्य प्रस्ट भएको छ’, रोगोजिनले ट्विटरमा लेखेका छन्।

उनले आईएसएस तथा अन्य परियोजनाका साझेदारहरुबिचको सम्बन्ध सहज बनाउनका लागि हालको अवैध प्रतिबन्ध बिना शर्त हटाउनुपर्ने पनि बताए।

प्रकाशित: २० चैत्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार