
काठमाडौं ।
-साजन सुवेदी
नेपाल दूरसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ को पुष मसान्तसम्मको एमआईएस प्रतिवेदन हालै सार्वजनिक गरेको छ।
उक्त प्रतिवेदनमा सधैं झैं दूरसञ्चार सेवा प्रदायकका प्रगति विवरणसहित नेपालमा इन्टरनेट सेवा दिँदै आएका नयाँ र पुराना गरी ५५ प्रदायकहरुको नाम र अद्यावधिक ग्राहक सङ्ख्या दिइएको छ।
तिनै आँकडा अनुसार पुष महिनामा उत्कृष्ट १० मा परेका इन्टरनेट सेवा प्रदायकहरु यसप्रकार छन्:
१. वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड- ५, ८७, ३६२
| मंसिर मसान्त – ५, ६३, ७७० | पुष मसान्त – ५, ८७, ३६२ | वृद्धि – २३, ५९० |
२०७८ मंसिर मसान्तसम्म वर्ल्डलिंक कम्युनिकेशन्सको जम्मा ग्राहक सङ्ख्या ५ लाख ५३ हजार ७७० रहेकोमा पुष मसान्तसम्म आइपुग्दा २३ हजार ५९० ले बढेर ५ लाख ८७ हजार ३६२ मा पुगेको छ।
२. सुविसु केबलनेट प्रालि २, ५१, २५५
| मंसिर मसान्त- २,४७, ९३८ | पुष मसान्त – २, ५१, २५५ | वृद्धि – ३, ३१७ |
सुविसु केबलनेट प्रालिको जम्मा ग्राहक सङ्ख्या पुष मसान्तसम्म २ लाख ५१ हजार २५५ पुगेका छन्। यो सङ्ख्या मंसिर मसान्तसम्म २ लाख ४७ हजार ९३८ रहेको थियो।
यस हिसाबले हेर्दा एक महिनामा सुबिसुले एक महिनामा ३ हजार ३१७ ग्राहक थपेर दोस्रो स्थानमै रहन सफल भएको देखिन्छ।
३. क्लासिकटेक प्रालि – २,०२ , २६१
| मंसिर मसान्त – १, ९५, ३८८ | पुष मसान्त – २, ०२, २६१ | वृद्धि – ६, ८७३ |
उत्कृष्ट १० को सूचीमा अघिल्लो महिना पनि तेस्रो नम्बरमै रहेको क्लासिकटेक प्रालिको मंसिर महिनासम्मको कुल ग्राहक सङ्ख्या १ लाख ९५ हजार ३८८ रहेको थियो।
पुष मसान्तसम्मको एक महिनाको अवधिमा ६ हजार ८७३ वृद्धि भएर २ लाख २ हजार २६१ पुगेको छ।
४.भायानेट प्रालि – १, ६२, ३७७
| मंसिर मसान्त – १, ५८, ६५० | पुष मसान्त – १, ६२, ३७७ | कमी – ३, ७२७ |
१ लाख ५८ हजार ६५० ग्राहक सङ्ख्यासहित मंसिर महिनामा चाैथो नम्बरमै रहेको भायानेट प्रालि एक महिनाको अवधिमा ३ हजार ७२७ ग्राहक थप्दै पुष मसान्तसम्म १ लाख ६२ हजार ३७७ मा पुगेको छ।
५. टेकमाइण्ड्स नेटवर्क प्रालि ८४, १०५
| मंसिर मसान्त – ६९, ९१३ | पुष मसान्त – ८४, १०५ | अन्तर – १४, १९२ |
चितवनमा मुख्य कार्यालय रहेको टेकमाइण्ड्स नेटवर्क प्रालि असोज र कार्तिक महिनामा ६९ हजार ९१३ ग्राहकसहित छैटाैं नम्बरमा रहेकोमा पुषमा एक स्थान माथि उक्लिएको छ।
पुष मसान्तसम्म आइपुग्दा कम्पनीले १४ हजार १९२ ग्राहक थपेर समग्रमा ८४ हजार १०५ पुर्याएको छ।
६. वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम प्रालि ६९, ७३५
| मंसिर मसान्त – ७४, ०४२ | पुष मसान्त – ६९, ७३५ | अन्तर – ४, ३०७ |
कुल ग्राहक सङ्ख्या ७४ हजार ४२ सहित पछिल्लो ५ महिनायता पाँचाैं नम्बरमा यथावत् रहेको वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम प्रालि एक स्थान तल झरेको छ।
यस क्रममा उसले आफ्ना ४ हजार ३०७ ग्राहक पनि गुमाउँदै ६९ हजार ७३५ मा झरेको छ।
७. डिश मिडिया नेटर्क ५४, ४८६
| मंसिर मसान्त – ४४, २८७ | पुष मसान्त – ५४, ४८६ | वृद्धि – १०,११९ |
अघिल्लो महिनासम्म सूचीको आठाैं नम्बरमा यथावत् रहेको डिश मिडिया नेटवर्कको कुल ग्राहक सङ्ख्या अघिल्लो महिनाको तुलनामा उल्लेख्य बढेर ५४ हजार ४८६ पुगेको छ। यस्तै सूचीमा एक स्थानको बढोत्तरी पनि भएको छ।
मंसिर मसान्तसम्म भने यो संख्या ४४ हजार २८७ रहेकोमा १ महिनाको अवधिमा १० हजार ११९ ग्राहक वृद्धि गर्दै डिश मिडिया नेटवर्कले यो आँकडा ५४ हजार ४८६ मा पुर्याएको हो।
८. ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालि – ५३, ३९५
| मंसिर मसान्त – ५३, ३९५ | पुष मसान्त – ५३, ३९५ | अन्तर – यथावत् |
उत्कृष्ट १० को साताैं नम्बरमा यथावत् रहेको ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालिका जम्मा ग्राहक ५३ हजार ३९५ मै यथावत् छन्। तर अघिल्लो महिनाको तुलनामा सूचीमा एक स्थान तल झरेर आठौं स्थानमा पुगेको छ।
९. कनेक्ट नेपाल नेटवर्क – १८, ५७०
| मंसिर मसान्त – १८, ५७० | पुष मसान्त – १८, ५७० | अन्तर – यथावत् |
सूचीको नवाैं नम्बरमा यथावत् रहेको कनेक्ट नेपाल नेटवर्कको कुल ग्राहक सङ्ख्या १८ हजार ५७० नै रहेको छ।
यो सङ्ख्यामा अघिल्ला केही महिनाका तुलनामा कुनै उतारचढाव आएको छैन।
यीमध्ये कनेक्ट नेपाल नेटवर्कले ६० जनालाई वायरलेस सेवा प्रदान गरिरहेको छ भने बाँकी १८, ५१० जनालाई फाइबरमार्फत सेवा दिइरहेको छ।
१०. सिम्पल मिडिया नेटवर्क केबल प्रालि १७, ४९५
| मंसिर मसान्त – १६, ९५२ | पुष मसान्त – १७, ४९५ | वृद्धि – १, ३०३ |
अघिल्लो महिनासम्म उत्कृष्ट १० भित्र नपरेको सिम्पल मिडिया नेटवर्क प्रा लि जम्मा ग्राहक सङ्ख्या १७ हजार ४९५ पुर्याएर सूचीको दशाैं नम्बरमा उक्लन सफल भएको छ।
अघिल्नो महिना एरोनेट प्रालि १६ हजार ९५२ ग्राहकसहित यो स्थानमा यथावत् थियो।
*यो सूची नेपाल दूरसञ्चार प्राधिकरणले अद्यावधिक गरेको २०७८ पुष मसान्तसम्मको एमआईएस तथ्याङ्कमा आधारित छ।
प्रकाशित: २० चैत्र २०७८, आईतवार