
काठमाडौं ।
टोयोटाको इनोभा कार अब ईलेक्ट्रिक भर्सनमा आउने भएको छ। हालै इनोभा इलेक्ट्रिक (टोयोटा इनोभा ईभी) को कन्सेप्ट मोडल जकार्तामा जारी इन्डोनेसिया इन्टरनेशनल अटो शो २०२२ मा अनावरण गरिएको छ।
यद्यपि, इलेक्ट्रिक टोयोटा इनोभा क्रिस्टाको यो मोडल हाल प्रोटोटाइप चरणमा नै रहेको छ। त्यसैले यसको लन्चिङ्ग हुन केही समय लाग्न सक्छ। तर, ग्राहकहरूले रुचाइएका विद्युतीय कारहरूको सङ्ख्यालाई ध्यानमा राख्दै हामी इनोभा इलेक्ट्रिकले निकट भविष्यमा सडकमा आउने अपेक्षा गर्न सक्छौँ ।
टोयोटा इनोभा ईभी
इन्डोनेसिया इन्टरनेशनल अटो शो २०२२ मा देखाइएको टोयोटा इनोभा ईभीको लुकको बारेमा कुरा गर्दा यो हाल बजारमा बिक्री भइरहेको इनोभा क्रिस्टा जस्तै देखिन्छ। तर, इनोभा इलेक्ट्रिकको फ्रन्ट लुक एकदमै फरक देखिन्छ। अगाडिको ग्रिलसँगै हेक्सागोनल फ्रेम, एलईडी हेडल्याम्प, इन्टिग्रेटेड र बीचमा डीआरएल देखिनेछ। यस बाहेक इनोभा इलेक्ट्रिकको कन्सेप्ट मोडलमा नयाँ फ्रन्ट बम्पर र नयाँ एलोय ह्वीलका साथै निलो ग्राफिक्स देखा परेको छ।
इनोभा इलेक्ट्रिक इन्टेरियर
इनोभा इलेक्ट्रिक कन्सेप्ट मोडलको इन्टेरियरको कुरा गर्दा यसमा ३ स्पोक मल्टि फंक्शनल स्टेयरिङ ह्वील, ठूलो साइजसहित टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र सेमी डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल देख्न सकिन्छ। यस बाहेक यसमा शक्तिशाली विद्युतीय मोटर र ठूलो ब्याट्री दिइने अपेक्षा गरिएको छ ।
यो कारमा पाइने ब्याट्रीले एक पटक चार्ज गरेर ५०० किलोमिटरको रेन्ज पाउन सक्ने अपेक्षा गरिएको छ। यसको टप स्पीड पनि आश्चर्यजनक हुने दाबी गरिएको छ। तर, हालसम्म कम्पनीले यसबारे कुनै आधिकारिक घोषणा गरेको छैन।
प्रकाशित: २० चैत्र २०७८, आईतवार