रुसलाई यूक्रेनी सेनाबारे जानकारी दिएको आरोप चिनियाँ ड्रोन निर्माता डीजेआईद्वारा अस्विकार

  • Technology Khabar | १९ चैत्र २०७८, शनिबार
रुसलाई यूक्रेनी सेनाबारे जानकारी दिएको आरोप चिनियाँ ड्रोन निर्माता डीजेआईद्वारा अस्विकार

काठमाडौं ।

चिनियाँ ड्रोन निर्माता डीजेआईले रुसलाई यूक्रेनी सेनाबारे जानकारी उपलब्ध गराएको भन्ने आरोप अस्विकार गरेको छ।

एउटा जर्मन खुद्रा व्यापारीले यस प्रकारको मिथ्या समाचार फैलाएपछि कम्पनीले यस्तो बताइको ग्याजेट्स३६० ले जनाएको छ।

शुक्रबार जर्मन इलेक्ट्रोनिक्स तथा होम एप्लायन्स जायन्ट मिडियामार्क्टले ‘विविध स्रोतबाट आएका जानकारी अनुसार’ ट्विटरमा राखेको पोस्ट अस्विकार गरेको हो।

मिडियामार्क्टले भनेकव छ, ‘केही दिनयता हामीले रुसी सेनाले चिनियाँ ड्रोन आपूर्तिकर्ता डीजेआईमार्फत् यूक्रेनका सैनय गतिविधिबारे जानकारी लिएको भन्ने जानकारी धेरैभन्दा धेरै विविध स्रोतबाट पाएका छौं।’

गत बुधबार डीजेआईका एक प्रवक्ताले भनेका थिए, ‘हामीले हिजो प्रकाशित हाम्रो विज्ञप्तिमा डीजेआईले हार्डवेयर तथा उडानका तथ्याङ्कसहित रुसी सेनालाई सहयोग गरिरहेको छ भन्ने भनाई विशुद्ध गतल रहेको ठहर गरेका छौं।’

प्रकाशित: १९ चैत्र २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...