
काठमाडौं ।
बीएमडब्लुले पहिलो पूर्ण विद्युतीय ३ सिरिजको गाडी विकास गरेको छ तर यो चीनमा मात्र उपलब्ध हुनेछ। बीएमडब्लु आई ३ ईड्राइभ३५एल (i3 eDrive35L) मोडेल जुन अटोमेकरको कम्प्याक्ट कारहरूको लाइनमा आधारित छ र यो मे २०२२ मा चिनियाँ बजारमा प्रवेश गर्नेछ।
यसले बीएमडब्लुको पाँचौं पुस्ताको ईड्राइभ पावरट्रेन प्रयोग गर्दछ जुन बीएमडब्लु आईएक्स ३, बीएमडब्लु आई फोर र बीएमडब्लु आईएक्समा पनि पाइन्छ। चार ढोका भएको सेडान कार कम्पनीको ओएस८ अपरेटिङ सिस्टम र डिजिटल की लगायतका सुविधाहरू सहितको पहिलो ३ सिरिजको कार पनि हुनेछ, जसले गाडी धनीको स्मार्टफोनलाई उनीहरूको गाडीको साँचोमा परिणत गर्छ।
यसको घोषणामा, बीएमडब्लुले ईभीको बारेमा केहि प्रमुख डाटा पनि साझा गर्यो, जसमा यसको २८१ हर्स पावर अधिकतम आउटपुट र २९५ पाउन्ड-फिट अधिकतम टर्क समावेश छ। यो ६.२ सेकेन्डमा शून्यबाट ६२ माइल प्रतिघण्टामा कुद्न सक्छ, र प्लग इन भएको ३५ मिनेट भित्र नै ८० प्रतिशतको चार्जमा पुग्न सक्छ। पूर्ण रूपमा चार्ज भएको अवस्थामा यसको अनुमानित दायरा ३२७ माइल छ।
अटोमेकरकाअनुसार थ्री सिरिज लाइनले २०२१ मा चीनमा प्रिमियम-कम्प्याक्ट खण्डको नेतृत्व गर्यो, त्यसैले यस क्षेत्रमा विद्युतीकृत संस्करण जारी गर्नु कम्पनीको लागि अर्थपूर्ण छ।
बीएमडब्लुले चिनियाँ सडक अवस्थाका लागि ईभीको सस्पेन्सन प्रणालीलाई पनि राम्रोसँग ट्यून गरी अनुकूलित गरेको छ र शेनयाङको लिडिया प्लान्टमा गाडीलाई एसेम्बल गर्नेछ।
प्रकाशित: १९ चैत्र २०७८, शनिबार