भरतपुर महानगरमा ‘स्मार्ट’ बत्ती जडान सुरु

  • Technology Khabar | १९ चैत्र २०७८, शनिबार
भरतपुर महानगरमा ‘स्मार्ट’ बत्ती जडान सुरु
सांकेतिक तस्बिर

काठमाडौं ।

भरतपुर महानगरपालिकाको मुख्य स्थानमा ‘स्मार्ट’ बत्ती जडानको कार्य सुरु गरि एको छ। पहिलो चरणमा महानगर पालिकाले मुख्य राजमार्ग र वाइपास क्षेत्रमा र दोस्रो चरणमा भित्री सडकमा स्मार्ट बत्ती जडान गर्ने भएको हो ।

महानगर पालिकाका प्रवक्ता अरुणपीडित भण्डारीले भने, “महानगरको मुख्य चोकमा रहेका ट्राफिक आइल्यान्ड हटाएर स्मार्ट लाइट जडान गर्ने काम सुरु गरेको छ।” उज्यालो सहर अभियानअन्तर्गत महानगरले स्मार्ट लाइट जडान कार्य थालेको उनले जानकारी दिए ।

सवारीको चाप हुने मालपोत चोक, हाकिमचोक, चौबिसकोठी, शहीदचोक, पुलचोकलगायतका स्थानमा स्मार्ट बत्ती जडानका लागि संरचना निर्माण सुरु भएको छ। नेपाल सरकारको योजनामा महानगरले काम सुरु गरेको हो।

त्यस्तै चोरी तथा लुटपाट कम गर्न, दुर्घटना न्यूनीकरण गर्न, सहरी सौन्दर्य बढाउन र मानवमा खुसी दिनसमेत स्मार्ट बत्ती महत्वपूर्ण भएकाले स्मार्ट लाइट जडान गर्न लागिएको प्रवक्ता भण्डारीले बताए ।

भरतपुर महानगर र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाको संयुक्त साझेदारीमा काम थालिएको हो ।

अभियानअन्तर्गत ७८ दशमलव एक किलो मिटर सडक क्षेत्रमा एक हजार ९३३ बत्ती जडान गरिने महानगर प्रमुख रेणु दाहालले जानकारी दिईन्।सुरक्षा र सुन्दरताको दृष्टिकोणले भरतपुरलाई उत्कृष्ट सहर बनाउन ‘उज्यालो सहर’ अभियान सहयोगी बन्ने दाहालले जानकारी दिईन् ।

महानगरका अनुसार सडक बत्ती जडान गर्न निर्माण कम्पनीसँग मूल्य अभिवृद्धि कर सहित ११ करोड ४९ लाख ८९ हजार ३०० ठेक्का सम्झौता भएको छ। यस अभियानअन्तर्गतको बत्ती जडान योजनामा महानगरको १० प्रतिशत साझेदारी छ। गोरखापत्रबाट

प्रकाशित: १९ चैत्र २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...