वीलायन न्यू इनर्जीद्वारा ईभी ब्याट्रीको लागि शाओमी र ह्वावेबाट लगानी आकर्षित

  • Technology Khabar | १९ चैत्र २०७८, शनिबार
वीलायन न्यू इनर्जीद्वारा ईभी ब्याट्रीको लागि शाओमी र ह्वावेबाट लगानी आकर्षित

काठमाडौं ।

ईभी ब्याट्री स्टार्टअप वीलायन न्यू इनर्जी टेक्नोलोजीले (WeLion New Energy Technology)ले चिनियाँ टेक जायन्टहरु शाओमी र ह्वावे दुबैको उद्यम पूँजीबाट लगानी आकर्षित गरेको छ, जसले यसको दर्ता पूँजी ५८.०३ मिलियन यूआनबाट६१.३६ मिलियन (९.६८ मिलियन डलर) बढाएको छ।

शाओमी र ह्वावे बाहेक, अन्य लगानीकर्ताहरूमा शुनवेई क्यापिटल पार्टनर्स र झेङ्गजियाङ्ग गिली होल्डिङ्गस ग्रुप समावेश छन्।

वीलायन मुख्यतया सोलिड-स्टेट ब्याट्रीहरूको विकासमा समर्पित छ, तर सोलिड-स्टेट ब्याट्रीहरूको लागि कम्पनीको प्रविधिहरू अझै परिपक्व नभएकोले अहिले सेमी सोलिड-स्टेट ब्याट्रीहरूलाई नै अगाडी विकास गरिरहेको छ।

सामसङ एसडीआईले हाल सल्फाइडबाट बनेको सोलिड-स्टेट ब्याट्रीमा काम गरिरहेको छ र ब्याट्रीको प्राविधिक प्रमाणीकरण भइरहेको छ। कम्पनीले ब्याट्रीका लागि विशेष उत्पादन लाइन पनि निर्माण गर्न थालेको छ।

अटोमेकरहरू फक्सवागन, डेमलर, निसान, टोयोटा, बीएमडब्ल्यूका साथै चीनमा आधारित एसएआईसी मोटर, बेइजिङ अटोमोटिभ इन्डस्ट्री, र नियोले पनि सोलिड-स्टेट ब्याट्रीहरूको लागि डिप्लोयमेन्ट गरेका छन्।

प्रकाशित: १९ चैत्र २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...