
काठमाडौं ।
सिभिल बैंक र सिभिल बैंक र फोनपेको सहकार्यमा बेगनास तालका २२० डुङ्गा व्यवसायीहरूलाई क्यूआर कोड वितरण गरिएको छ।
सो कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक डा. रामशरण खरेल, बेगनास ताल डुंगा व्यवसायी समितिका अध्यक्ष ढकनाथ कडेँल, फेवाताल डुंगा व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादुर नेपाली, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल, चिफ विजनेस – डिपोजिट तथा ट्रान्ज्याक्सन बैंकिङ्गका भोला बहादुर विष्ट, ब्राण्डिङ एण्ड कर्पोरेट कम्युनिकेशनका प्रमुख विजय राम कशजु, गण्डकी प्रदेशका प्रमुख समिर केसी लगायतको उपस्थिति थियो।
सो कार्यक्रममा बोल्दै राष्ट्र बैंक पोखरा शाखाका निर्देशक डा. रामशरण खरेलले नोट छपाइ गर्दा खर्च हुने तथा विदेशीने मुद्रा बचाउन पनि नगदरहित अभियान अपरिहार्य रहेको बताए।
राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले नगदरहित अभियानलाई प्रभावकारी बनाउन क्यूआर कोडलाई सर्वव्यापी रुपमा लैजानुपर्ने बताए।
सिभिल बैंकले ११५ शाखाहरु, ११ एक्सटेन्सन काउन्टरहरु तथा ९७ एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको जनाएको छ।
प्रकाशित: १८ चैत्र २०७८, शुक्रबार