
काठमाडौं ।
फेडएक्सले अर्को वर्ष सामान ओसार पसार गर्ने फरक तरिकाहरु परीक्षण गर्ने भएको छ।
कम्पनीले यसका लागि एलरोय एयरसँग साझेदारी गरेको छ जसले हाल भर्टिकल टेक-अफ एन्ड ल्याण्डिङ अर्थात् भीओटीएल कार्गो ड्रोन निर्माण गरिरहेको छ।
यस्ता ड्रोनहरु स्वायत्त उडानमार्फत् सामान सर्टिङ सेन्टरहरुबिच प्याकेज ओसारपसारका लागि प्रयोग गरिने कम्पनीलाई उद्धृत गर्दै इन्ग्याजेटले जनाएको छ।
एलरोय एयरले गत जनवरीमा च्यापारल सी१ नामक ड्रोन सार्वजनिक गरेको थियो।
कम्पनीले उक्त हाइब्रिड-इलेक्ट्रिक सिस्टमको रेन्ज ३ सय किलोमिटर हुने र ५ सय पाउण्डसम्मको तौल बोक्न सक्ने दावी गरेको छ।
यसो हुँदा फेडएक्सले विमानहरुलाई स्थानापन्न गर्ने हो भने यस्ता ड्रोन अनगिन्ति मात्रामा आवश्यकता पर्ने बुझिएको छ।
उक्त ड्रोनमा १२ ओटा विद्युतीय मोटर तथा १२ ओटै प्रोपेलरहरु रहेको बताइएको छ।
फेडएक्सले च्यापारल सी१ लाई एयरपोर्टजस्ता कुनै विशेष पूर्वाधार वा चार्जिङ स्टेशनको आवश्यकता नपर्ने बताएको छ।
इन्ग्याजेटका अनुसार कम्पनीले सन् २०४० सम्म आफ्ना सेवा कार्वन शून्य बनाउने उद्देश्य अनुसार यस्त स्वायत्त कार्गो विमान प्रयोगमा ल्याउन लागेको हो।
प्रकाशित: १८ चैत्र २०७८, शुक्रबार