निर्वाचन आयोगको कल सेन्टरमा दुई दिनमा आएका ५७१ जिज्ञासा समाधान

  • Technology Khabar | १८ चैत्र २०७८, शुक्रबार
निर्वाचन आयोगको कल सेन्टरमा दुई दिनमा आएका ५७१ जिज्ञासा समाधान

काठमाडौं ।

निर्वाचन आयोगले मतदाताहरुको जिज्ञासा समाधान गर्ने र स्थानीय निर्वाचनबारे जानकारी दिन स्थापना गरिएको कल सेन्टरमा दुई दिनमा ५७१ ओटा कल आएको आयोगले जनाएको छ।

बिहीबारको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कल सेन्टर स्थापना भएको पहिलो दिन ३१० र दोस्रो दिन २६१ कल आएको जानकारी दिए।

प्रवक्त पौडेलका अनुसार सो कल सेन्टरबाट मतदाताहरुको जिज्ञासा समाधान गरिएको छ। कलआएका मध्ये विशेष गरेर नामावली, निर्वाचन आचारसंहिता, मतदाता शिक्षालगायतका विषयमा आम मतदाताबाट जिज्ञासा आउने गरेको उनले बताए।

स्थानीय तह निर्वाचनका लागि आयोगले मंगलबारदेखि ११०२ नम्बरको टोल फ्री नम्बर सञ्चालनमा ल्याएको हो। आम मतदातालाई सूचना उपलब्ध गराउने उद्देश्यले आयोगमा सो सेवा संचालनमा ल्याएको जनाएको छ।

प्रकाशित: १८ चैत्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...