
काठमाडौं ।
मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत काभ्रे स्थित काठमाण्डौं विश्वविद्यालय हाईस्कूललाई विद्यार्थीहरुद्धारा आईयू क्यूबस्याटस स्याटेलाइट निर्माण गर्नका लागि सहयोग गरेको छ।
काठमाण्डौं विश्वविद्यालय हाईस्कूल र अन्तरिक्ष प्रतिष्ठान नेपालको सहकार्यमा बनेपाको विद्यालयहरुमा अध्ययन गर्ने १२ जना विद्यार्थीहरु यस आईयू क्यूबस्याटस् स्याटेलाईटको निर्माण कार्यमा जुटेका छन्। सोही स्याटेलाइटको निर्माण सक्ने र अन्तरिक्षमा उडान गरिने कार्य २०२३ साल सम्म गरिने छ।
बैंकले काठमाण्डौं विश्वविद्यालय हाईस्कूललाई यसै आईयू क्यूबस्याटस् स्याटेलाईट निर्माण कार्यको विभिन्न खर्चहरुको प्रबन्ध गर्नका लागि एक कार्यक्रम बीच सहयोगका लागि रु. ७५,००० को चेक हस्तान्तरण गरेको छ।
उक्त कार्यक्रममा बैंकका तर्फबाट प्रमुख बजारीकरण प्रबर्द्धन तथा संस्थागत मामिला विभाग बसन्त बक्शी र अन्य कर्मचारीहरुको उपस्थिति तथा काठमाण्डौं विश्वविद्यालय हाईस्कूलको तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो।
यस सहयोगबाट आईयू क्यूबस्याटस् स्याटेलाईट निर्माण गर्न जुटेका सबै विद्यार्थीहरु र संस्थाहरुलाई मद्दत हुने र अन्य विद्यार्थीहरुलाई समेत विज्ञान विषय प्रति अझ रुचि बढाउन प्रोत्साहन पुग्ने धारणा बैंकले लिएको छ।
प्रकाशित: १८ चैत्र २०७८, शुक्रबार