शाओमीको नयाँ मिजिया फ्रेश एयर कन्डिसर चीनमा सार्वजनिक

  • Technology Khabar | १८ चैत्र २०७८, शुक्रबार
शाओमीको नयाँ मिजिया फ्रेश एयर कन्डिसर चीनमा सार्वजनिक

काठमाडौं ।

शाओमीले चीनमा मिजिया फ्रेश एयर कन्डिसर भर्टिकल ३ एचपी नामक नयाँ एसी लन्च गरेको छ। नयाँ एयर कन्डिसनरमा एचईपीए फिल्टर उपलब्ध रहेको छ।

शाओमीको नयाँ एसीमा पानासोनिक ब्राण्डको कम्प्रेसर छ। यसमा सेल्फ-क्लिनिङ फिचर पनि राखिएको छ, जसले यसको मर्मत सम्भारलाई सजिलो बनाउँछ। यो नयाँ स्तरको ऊर्जा दक्षताका साथ आएको कम्पनीको दाबी छ।

नयाँ शाओमी एयर कन्डिसनर क्राउडफन्डिङ मार्फत चिनियाँ बजारमा मार्च ३० बाट उपलब्ध गराइएको छ।

शाओमीले आफ्नो वेबो खाता मार्फत मिजिया फ्रेश एयर कन्डिसर भर्टिकल ३ एचपी लन्च गरेको घोषणा गरेको छ। कम्पनीले यो ठाडो एयर कन्डिसनर क्राउडफन्डिङ अन्तर्गत शाओमी मलमा उपलब्ध गराएको छ, जसमा यसको मूल्य ६,९४९ युआन राखिएको छ। तर, क्राउडफन्डिङ सकिएपछि यसको खुद्रा मूल्य ७,२९९ युआन हुने बताईएको छ।

स्पेसिफिकेशन्स र फिचरहरूमा आउँदा, मिजियाको फ्रेश एयर कन्डिसनर भर्टिकल ३ एचपी एक ठाडो एयर कन्डिसनर हो, जसको अर्थ तपाईंले यसलाई भित्तामा माउन्ट गर्नु पर्दैन, बरु यसलाई भुइँमा ठाडो पारेर राख्न सकिन्छ।

कम्पनीको दाबी अनुसार यो कम्प्रेसरले 215m³/h को हावा भोल्युम प्रदान गर्दछ।

यसले हाई-टेम्पेरेचर ड्रइङ्ग र सेल्फ-क्लिनिंग फीचर सुविधा पनि पाउँछ। कम्पनीले नयाँ शाओमी एयर कन्डिसनर ३०-४० स्क्वायर मिटर आकारको कोठाका लागि उपयुक्त रहेको बताएको छ।

यो एक स्मार्ट एसी हो, जसमा मिजिया एप रिमोट कन्ट्रोल सपोर्ट उपलब्ध छ। यसलाई प्रयोगकर्ताले आफ्नो फोनमा रहेको एपमार्फत पनि नियन्त्रण गर्न सक्छन्। यो शाओएआई भ्वाइस रिमोट कन्ट्रोल सपोर्टसहित आउँछ।

प्रकाशित: १८ चैत्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार