रियलमीद्वारा “१०० डेज रिटेलर स्किम” बिजेताहरुको घोषणा

  • Technology Khabar | १७ चैत्र २०७८, बिहीबार
रियलमीद्वारा “१०० डेज रिटेलर स्किम” बिजेताहरुको घोषणा

काठमाडौं ।

रियलमी स्मार्टफोन ब्रान्डले आफ्नो १०० डेज रिटेलर स्किमको विजेताहरुको घोषणा गरेको छ। यो स्किम नेपालभरि रहेका १ हजार भन्दा बढी रियलमी ब्रान्डको रिटेलरहरु बीच १०० दिन चलेको थियो।

विजेताहरुलाई विभिन्न आकर्षक उपहारहरु चैत ९ का दिन एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको थियो। सेप्टेम्बर २१, २०२१ देखि चलेको यो स्किम डिसेम्बर २१, २०२१ मा अन्त्य भएको थियो।

सबै विजेता रिटेलरहरुलाई उक्त कार्यक्रममा उपहारहरु वितरण गरिएको थियो। ए२जेड मोबाइल्स्, नारायणघाटले प्रोटोन सागा कार जितेको थियो ।

मुनिस गिरी, रियलमी नेपाल प्रमुख, दीपक नाक्रा, बिक्री निर्देशक, सक्क्षम जाटिया, कार्यकारी निर्देशक, शंकर ग्रुप र सुलभ अग्रवाल, उपाध्यक्ष, शंकर ग्रुपको उपस्थितिमा उपहार वितरण कार्यक्रम गरिएको थियो ।

कम्पनीकाअनुसार रियलमी नेपालमा लन्च भएसँगै यो स्किम सबै वितरण च्यानलहरुको लागि खुला गरिएको थियो । यो स्किम लन्च हुँदा रियलमीको चार ओटा स्मार्टफोनहरु मात्र नेपाली बजारमा उपलब्ध थिए – रियलमी सी२१, रियलमी सी२०, रियलमी सी११ २०२१, र रियलमी ८ । मूल्य र आक्रामक बजार रणनीतिका साथ यी स्मार्टफोनहरु नेपाली बजारमा ल्याइएका थिए।

प्रकाशित: १७ चैत्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

MAW Vriddhi announces nationwide Mega Exchange Carnival from 12th to 14th Chaitra

  • Technology Khabar
  • १७ चैत्र २०७८, बिहीबार