सूर्यको अहिलेसम्मकै उच्च रिजोलुसन भएको तस्बिर सार्वजनिक

  • Technology Khabar | १७ चैत्र २०७८, बिहीबार
सूर्यको अहिलेसम्मकै उच्च रिजोलुसन भएको तस्बिर सार्वजनिक

काठमाडौं ।

युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए) सोलार अर्बिटरले आफ्नो क्लोज-अप उडानको क्रममा सूर्यको उच्च रिजोल्युसन तस्बिर खिचेको छ। सोलार अर्बिटरले सूर्यको वायुमण्डल र कोरोना सहितको पूर्ण डिस्क तस्बिर खिच्न सफल भएको हो।

मार्च ७ मा, यो अर्बिटर सूर्यबाट ७ करोड ५० लाख किलोमिटर नजिक पुगेको थियो। यो पृथ्वीबाट सूर्यसम्मको आधा दूरी हो। सोलार अर्बिटरले आफ्नो एक्स्ट्रिम अल्ट्राभायोलेट इमेजर (ईयूआई) प्रयोग गरेर लगभग १० मिनेट एक्सपोजरमा २५ ओटा तस्बिरहरू खिच्यो। वैज्ञानिकहरूले यी सबै तस्बिरहरूलाई मोज़ेकमा मिलाएर सूर्यको पूर्ण तस्बिर बनाएका थिए र त्यसपछि यो तस्बिर बाहिर आएको हो।

अन्तिम तस्बिरमा ८ करोड ३० लाख पिक्सेल भन्दा बढी छ। यसको रिजोल्युसन फोरके टिभी स्क्रिन भन्दा १० गुणा राम्रो छ भनेर तपाईले यसलाई बुझ्न सक्नुहुनेछ।

ईयूआई बाहेक सोलार अर्बिटरमा धेरै इमेजिङ उपकरणहरू छन्। युरोपेली अन्तरिक्ष एजेन्सीका अनुसार यी मध्ये एक स्पेक्ट्रल इमेजिङ अफ द कोरोनाल इन्भाइरोमेन्ट (स्पाइस/SPICE) हो। यसले पनि एक तस्बिर खिचेको छ जसले ५० वर्षमा आफ्नै प्रकारको सूर्यको पहिलो तस्बिर देखाएको छ। यो अहिलेसम्मकै उत्कृष्ट भएको बताईएको छ।

ईयूआईको बारेमा कुरा गर्दा, यसले सूर्यको फोटो खिच्न १७ नानोमिटरको ‘वेभ लेन्थ’ प्रयोग गरेको छ। यसले सूर्यको माथिल्लो वायुमण्डल र कोरोना पनि देखाउँछ, जसको तापक्रम करिब १० लाख डिग्री सेल्सियस छ।

यी तस्बिरहरूले उनीहरूलाई सौर्य विष्फोट सहित विभिन्न सौर्य घटनाहरू बुझ्न मद्दत गर्ने वैज्ञानिकहरूले आशा गर्छन्।

युरोपेली अन्तरिक्ष एजेन्सी र नासाले संयुक्त रूपमा सोलार अर्बिटर परियोजना सञ्चालन गरिरहेका छन्। सोलार अर्बिटर र नासाको पार्कर प्रोब जस्ता अन्तरिक्ष यानहरूले वैज्ञानिकहरूलाई सूर्यलाई विभिन्न कोणहरुमा हेर्न मद्दत गर्छन्। यो पृथ्वीबाट सम्भव छैन।

सोलार अर्बिटर फेब्रुअरी २०२० मा प्रक्षेपण गरिएको थियो, जबकि पार्कर प्रोब २०१८ मा प्रक्षेपण गरिएको थियो। दुवै अन्तरिक्ष यान वैज्ञानिकहरूका लागि महत्त्वपूर्ण साबित भइरहेका छन्।

प्रकाशित: १७ चैत्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार