फाइभजी उपकरण बेच्न अनुमति नदिँदा रोमानिया सरकारविरुद्ध नोकियाद्वारा मुद्दा

  • Technology Khabar | १७ चैत्र २०७८, बिहीबार
फाइभजी उपकरण बेच्न अनुमति नदिँदा रोमानिया सरकारविरुद्ध नोकियाद्वारा मुद्दा

काठमाडौं ।

नोकियाले देशभित्र फाइभजी उपकरण बेच्न अनुमति नदिएपछि रोमानिया सरकारविरुद्ध मुद्दा दायर गरेको छ। कम्पनीले रोमानियामा सुप्रिम काउन्सिल अफ नेशनल डिफेन्स (सीएसएटी) बाट अनुमति नपाएपछि सो मुद्दा दायर गरेको टेलिकमपेपरले जनाएको छ।

फिनिस समूह नोकियाका दुई सदस्य कम्पनीहरूले देशको सञ्चार सञ्जालहरूमा ५जी पूर्वाधार उपकरणहरू प्रयोग गर्न सीएसएटीबाट अनुमति प्राप्त नगरेपछि रोमानियाली सरकारविरुद्ध मुद्दा दायर गरेका हुन्। नोकिया ह्वावे र एरिक्सन सँगसँगै फाइभजी डिभाइस र सलुसनहरूको सबैभन्दा ठूलो निर्माता हो।

तर सरकारले यो अस्वीकार गर्न उत्प्रेरित नगरेको बताईएको छ।

सुप्रिम काउन्सिल अफ नेशनल डिफेन्सद्वारा अस्वीकार गरिएका दुई कम्पनीहरू नोकिया सलुसन्स एण्ड नेटवर्किङ्ग ओवाई र नोकिया नेटवर्क्स एसआरएल हुन्, दुबै फिनिश समूह नोकियाका भाग हुन्, र यो मुद्दा प्रक्रिया मार्च २५, २०२२ मा बुखारेस्ट कोर्ट अफ अपीलमा सुरु भएको थियो।

कम्पनीहरूले सरकारको निर्णय नं. १६७/२०२२ खारेज गर्न माग गरेका छन्। जसमा सीएसएटीको निर्णयको आधारमा, जसद्वारा उनीहरूलाई रोमानियामा भविष्यको फाइभजी सञ्चार सञ्जालहरूको निर्माणमा उपकरणहरूका साथ भाग लिन व्यावहारिक रूपमा निषेध गरिएको थियो।

प्रकाशित: १७ चैत्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...